REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

जिल्ला समाचार
माटोको ठिस्कोमा पुरिएर पाचँ महिलाको मृत्यू
February 28 2010

काठमाडौ १६ फागुन । पोखरा रामेछाप र सुनसरीमा माटोको ढिस्कोले पुरिएर आईतवार पाँच महिलाको मृत्यु भएको छ । अन्य ९ जना घाइते भएका छन् । कास्कीको पुरन्चौर गाविस ५ चुरुङ्गास्थित धारा प्रावीको हाताभित्र माटो खन्ने क्रममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पुरन्चौर ८ का गोमा अधिकारी र गीता विक तथा वडा नं ६ की मनमाया नेपाली रहेका छन् । मृतक मध्ये अधिकारी र विकको घटनास्थलमै र नेपालीको उपचारको क्रममा पश्चिमान्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो । ढिस्कोले पुरिँदा पुरन्चौर गाविसकी शान्ति पौडेल शोभा विक बुद्धिसरा विक मीना विक अनिता विक सीता पौडेल रमा बास्तोला शोभाकुमारी विकलगायत घाइते भएका छन् । घाइतेहरुको पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै रामेछापको बेताली ५ की रत्नकुमारी बस्नेतको पनि माटोको ढिस्कोले पुरिएर आजै मृत्यु भएको छ । उता सुनसरीको बराहक्षेत्रमा माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर स्थानिय सीता रम्तेलको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते बराहक्षेत्र ३ की ४८ बर्षिया अनिता राईको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.