पूर्वान्चलमा ४ सय जनाले आत्महत्या गरे
March 01 2010
काठमाडौ १७ फागुन । गएको सात महिनाको अवधिमा पूर्वान्चलमा ३ सय ९९ जनाले आत्महत्या गरेको तथ्यांक सार्वजानिक भएको छ । जसमध्ये २ सय ३७ जनाले झुण्डिएर १ सय ४९ जनाले विष खाएर र ८ जनाले नदी तथा भिरमा हामफालेर ४ जनाले जलेर आत्महत्या गरेका छन् । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार गएको साउनदेखि माघ मसान्तसम्मको सात महिनामा झापामा सबैभन्दा बढी आत्महत्याका घटना भएको छ । जसअनुसार झापामा ७१ सुनसरीमा ७० मोरङमा ४० सिराहामा ३९ उदयपुरमा ३६ सप्तरीमा २४ र भोजपुरमा २१ जनाले आत्महत्या गरेको तथ्यांक सार्वजानिक भएको छ । त्यसैगरी इलाममा १९ जनाले सोलुखुम्बुमा १५ पाचथरमा १२ संखुवासभामा १० ओखलढुंगा र धनकुटामा ९ /९ खोटाङ र ताप्लेजुङमा ७ /७ र तेह्रथुममा ५ जनाले आत्महत्या गरेका छन् । पारिवारिक कलह असफलता प्रेममा विछोड र मानसिक रोगीको कारण पछिल्लो समयमा आत्महत्याको घटना बढ्दै गएको पुर्व क्षेत्रका प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक भिम दाहालले बताउनुभयो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस