बाजुरामा दादुराको प्रकोप
March 03 2010
काठमाडौ १९फागुन । बाजुराको कैलाशमाण्डौ गाविसको खिरपाटास्थित दलितबस्तीमा फैलिएको दादुराको प्रकोपबाट आठ वर्षीया बालक दिलबहादुर नेपालीको मृत्यु भएको छ ।
सदरमुकाम मार्तडीबाट एक दिनको पैदल दूरीमा पर्ने प्रभावित क्षेत्रमा दादुराको प्रकोपबाट सबै बालबालिका थला परेका छन् । स्थानीय स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र औषधि नभएपछि ६० घरपरिवार रहेको दलितबस्तीका बालबालिकाले उपचार पाएका छैनन् ।
बालबालिका थलिएपछि स्थानीय मन्टेश्वरी माविमा प्रावि तहको पठनपाठन बन्द गरिएको छ । १ सय ४५ जना विद्यार्थी अध्ययनरत सो विद्यालयमा प्रावि तहका ६० जना बालबालिका प्रभावित भएका प्रधानअध्यापक पदमबहादुर शाहीले बताउनुभयो ।
दादुराको प्रकोपबारे स्थानीयबासीले खबर गरेपछि बुधबार विहान औषधिसहित स्वास्थ्यकर्मीहरुको टोली प्रभावित क्षेत्रमा पठाइएको जिल्ला अस्पतालका प्रमुख डा। गुणराज अवस्थीले जानकारी दिनुभयो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस