REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

जिल्ला समाचार
धादिङमा कङ्ग्रेस-माओवादी झडप
March 04 2010

धादिङ, फागुन २०- धादिङ सदरमुकाम धादिङबेसीमा बिहीबार बिहान नेपाली कङ्ग्रेस र वाइसिएलबीच झडप भएको छ। झडपमा नेविसङ्घका कार्यकर्ता सुरेन्द्र तामाङ गम्भीर घाइते भएका छन्। झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चार राउण्ड हवाई फायर र केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ। झडपका कारण धादिङबेसी तनाव रहे पनि प्रहरीले शान्त पार्न बजारमा प्रहरी फोर्स परिचालन गरेको छ। सो घटनामा देषी ठहरिएका वाइसिएलका प्रताप तामाङसहित ६ जनालाई पीडित पक्षले ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको छ भने अन्य चार जनालाई सार्वजनिक अपराधमा कारबाहीअन्तरगत कारबाही गर्न माग गरिएको छ। गत १८ गते बेलुका वाइसिएलले नेविसङ्घका सदस्य नारायण तामाङलाई साङ्घातिक आक्रमण गरेको र नेपाली कङ्ग्रेस जिल्ला कार्यसमितिका सदस्य नारायण श्रेष्ठको घरमा तोडफोड गरेको दाबी नेपाली कङ्ग्रेसको। सोही समयमा तामाङलाई आक्रमण गरिएको र उनले प्रयोग गर्ने वा ३५ प ९५५४ नं. को मोटरसाइकल तोडफोड गरिनुका साथै नेवारी खाजा घरमा आक्रमण गरी तोडफोड गरेका थिए। तीन दिनदेखिको कङ्ग्रेस-माओवादी द्वन्द्वका कारण भिडन्तको स्थिति बनेको हो।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.