बसको ठक्करबाट दुईको मृत्यू
March 04 2010
काठमाडौ २१ फागुन । मोरङ र सुनसरीमा भएका छुट्टा-छुट्टै सवारी दुर्घनामा परी २ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।
हिजो बेलुका १० बजे इटहरीबाट बिरामी लिएर धरानतर्फ जादै गरेको को १ च ३५६५ नम्बरकॊ एम्बुलेन्सले धरान स्थित लाङ्घाली चोकमा नाम थर नखुलेका पैदल यात्री लाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको हो ।
एम्बुलेन्सलाई चालक सहित इलाका प्रहरी कार्यलय धरानमा राखिएको छ ।
यस्तै मोरङको बरडंगा ८ मा यात्रुबसले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक सिजुवा ८ का २५ वर्षीय विजय इमाङ राईको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाईकलमा सवार मोरङ झुर्कीया १ का २३ वर्षीय चन्दन शर्मा गम्भीर घाईते भएका छन् ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस