अधिकारकालागि लडन खस क्षेत्रीको पनि सेना
March 06 2010
काठमाडौ२२ फागुन । आफनो समूदायको हक अधिकार प्राप्तिको लडाई लडन खसः क्षेत्री समाजले पनि सेना बनाएको छ ।
समाजले शनिवार झापाको विर्तामोडमा एक कार्यक्रमको आयोजना गरि आफ्नो सेना सार्वजनिक गरेको हो । हतियार विहीन रहने खस सेनाले समाजले उठाएको आफूहरुलाई आदीवासी जनजातीको सूचिमा राख्नु पर्ने एक सुत्रीय एजेण्डालाई पुरा गराउने आन्दोलनमा सघाउने सो कार्यक्रममा जानकारी दिईएको थियो ।
कालो भादगाँउले टोपिमा समाजको प्रतिक चिन्ह क्रस खुकुरी र खुडा भएको चिन्ह लगाइएको टोपि पहिरिएका नवगठित सेनाले कार्यक्रममा मार्च पास समेत गरेको थियो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस