काठमाडौं, फागुन २३ । रामेछाप जिल्लाको पकरवासस्थित प्रयागेश्वर बहुमुखी क्याम्पसमा स्नातक तह सञ्चालनका लागि फागुन २८ देखि चैत ६ सम्म पिङ्लास्थान पशुपति क्षेत्र वनकालीमा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजकले अध्यात्म शिरोमणि पण्डित रामकृष्ण उपाध्यायबाट वाचन हुने महायज्ञमा रामेछापबासी र देशवासीमा कथा श्रवणका लागि अनुरोध गरेका छन् । प्रयागेश्वर बहुमुखी क्याम्पस २०१३ सालमा प्रावि तह स्थापना गरी मावि हुादै २०६४ सालमा उच्च मावि सञ्चालन भएको हो । यस्तै, २०६४ सालमा क्याम्पस बनेको हो । विद्यालयमा पाँच विद्यार्थी र क्याम्पसमा तीन सय विद्यार्थी अध्ययनरत छन् ।
कार्यक्रम संयोजक कैलाश ढुंगेलका अनुसार ५ लाख १ रुपैयाँ भन्दा माथि दान गर्नेलाई क्याम्पसको संरक्षक र दस लाखदेखि माथि दान गर्नेलाई क्याम्पसको आजीवन प्रमुख संरक्षक रहने छन् ।