काठमाडौं, फागुन २३ । रिपोर्टर्स क्लब नेपालका केन्द्रीय सदस्य एवं नयाँ पत्रिका दैनिकका संवाददाता भुवन शर्माका पिता प्रेमनारायण शर्माको आइतबार दाङमा ८४ वर्षको उमेरमा निधन भएको छ । लामो समय दमबाट पीडित शर्माका पााच छोरा छन् ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले सहकर्मी शर्माको परिवारलाई यस वियोगको घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी ईश्वरसँग प्रार्थना गरेका छन् । साथै क्लबले दिवंगत शर्माको आत्माको चीर शान्तिको कामना गरेको छ ।