काठमाडौं, फागुन २३ । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरुले पार्टीका आठ जिल्लामा रहेका विवाद तत्काल सुल्झाएर जेठभित्र बाह्रौं महाधिवेशन गर्न माग गरेका छन् । आइतबार केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा बोल्ने अधिकांश सदस्यले जिल्ला विवाद सुल्झाएर जेठभित्र महाधिवेशन गर्न माग गरेका हुन् ।
बैठकमा समयमै शान्ति र संविधानका लागि कांग्रेसको भूमिका, शान्ति सुरक्षा खस्कादो अवस्था, मन्त्रीको प्रभावकारिता, पार्टी एकता र लडाकु समायोजनबारे छलफल भएको केन्द्रीय सदस्य सुनीलकुमार भण्डारीले जानकारी दिए ।
बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवाले तत्काल विवाद नटुंग्याए पार्टीलाई अप्ठ्यारो पर्ने धारणा राखेका थिए । मंगलबार बस्ने बैठकले महाधिवेशनको मिति तोक्ने बताइएको छ ।