काठमाडौं, फागुन २३ । सरकारको भूमिकाबारे तीव्र विवाद भइरहादा नेकपा एमालेभित्र शासकीय स्वरुप र राज्य पुनर्संरचनाबारे मतभेद चुलिएको छ । जारी एमाले केन्द्रीय समिति बैठकमा संविधानसभामा पार्टीको कार्यदलले प्रस्तुत गरेको शासकीय स्वरुप र राज्य पुनर्संरचनाबारे विवाद भएको हो । मंगलबारको बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतमले केही सभासद्ले पार्टी लाइनविपरीत गएको भन्दै आलोचना गरे भने रक्षामन्त्री
विद्या भण्डारीले सभासद्ले पार्टी लाइन मात्र हेर्ने होइन भनी कडा प्रतिवाद गरिन् । बैठकमा केन्द्रीय सदस्य अष्टलक्ष्मी शाक्य, गणेश तिम्सिनालगायत १८ जनाले बोलेका थिए । बैठक भोलि पनि बस्ने छ ।