पेशाकर्मीहरुको सरकारप्रति आक्रोस
March 07 2010
काठमाडौ२३ फागुन । पेशाकर्मीहरुले नागरिकको सुरक्षामा उदासिनता देखाएको भन्दै सरकारको आलोचना गरेका छन् ।
पछिल्लो समयमा सन्चारकर्मीको हत्याको श्रृखला चलेपछि नागरिकको सुरक्षाको विषयलाई लिएर आन्दोलित बनेको पेशाकर्मीहरुको सन्जाल पापडले आज राजधानीमा गरेको प्रर्दशन पछिको सभामा बोल्दै पेशाकर्मीहरुले सरकारको आलोचना गरेका हुन ।
उनीहरुले सरकार नागरिकको सुरक्षा गर्न पूर्णरुपमा असफल भएको भन्दै प्रधानमन्त्रीको राजिनामा सम्मको माग गरे ।
भृकुटी मण्डपबाट सुरु भएको पेशाकर्मीहरुको जुलुस बसन्तपुरमा गएर सभामा परिणत भएको थियो ।
सभालाई संबोधन गर्दै पापडका अध्यक्ष डा। केदार नरिसंह केसीले जनताको सुरक्षा गर्न नसक्ने सरकार रहनु वा नरहनुको औचित्य नरहेको दावी गर्दै सरकारले संविधान जारी गर्न नसके नेपाली जनताले अर्को आन्दोलन गर्न तयार रहनु पर्ने बताउनु भयो ।
उद्योग बाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोसीले उद्योगी ब्यवसायीहरुको सुरक्षाको विषयमा सरकार संवेदनशिल नभए महासंघले कठोर निर्णय लिने चेतावनी दिनु भयो ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेन्द्रवीर मालाकारले पनि उद्यँेगी ब्यवसायीको सुरक्षामा सरकार कमजोर भएको दावी गर्दै सरकारको आलोचना गर्नु भयो ।
पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झाले बर्तमान सरकारलाई भैसीको संज्ञा दिदै भन्नु भयो - जता पानी देख्यो त्यतै आहाल बस्ने भैसीको बानी जस्तै सरकार पनि त्यस्तै देखियो ।
उहाँले नागरिकको सुरक्षा गर्न नसक्ने सरकारको पदमा बस्न नसक्ने हैसियत नभएको टिप्पणी गदै प्रधानमन्त्रीको राजिनामाको माग गर्नु भयो ।
नेपाल बार एसोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्काले तोकिएकॊ समयमा संविधान जारी गर्न नसके सरकारको औचित्य समाप्त हुने दावी गर्नु भयो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस