माओवादी सरकार ठाल्ने योजनामा
March 07 2010
काठमाडौ२३ फागुन । एकीकृत नेकपा माओवादी माधवकुमार नेपाल नेतृत्वको सरकार ठाल्ने योजनामा जोडतोडले लागेको छ ।
बर्तमान सरकारलाई कठपुतलीको सज्ञा दिदै आएको माओवादीले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन नभएसम्म नयाँ संविधान बन्न नसक्ने ठहरसहित सरकार परिवर्तनकोलागि आन्तरिक अभियान थालेको हो ।
यसक्रममा उसले पार्टीका राज्य समितिहरुसँको छलफललाई निरन्तरता दिएको छ । राज्य समितिका पदाधिकारीहरुले पार्टीलाई अविश्वासको प्रस्ताव ल्याएर भएपनि आफ्नो पार्टी नेतृत्वको सरकार गठन गर्न सुझाव दिएका छन् ।
माओवादीले सरकार परिवर्तन अहिले आवश्यकता भईसकेको ठहर सहित आन्तरिक र बह्य रुपमा छलफल गरिरहेको बताईएको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस