माओवादी नेतृत्वको सरकार बन्न नदिन कटुवाल भारत प्रस्थान
March 07 2010
काठमाडौ२३ फागुन । बर्तमान सत्ता समिकरण निर्माणका सुत्रधार मध्येका प्रमुख पात्रको रुपमा रहेका नेपाली सेनाका पूर्व सेनापति रुक्माङगद कटुवाल भारत भ्रमणमा निस्किएका छन् ।
नेपालमा एकीकृत नेकपा माओवादी नेतृत्वको सरकार निर्माण हुने बातावरण बनिरहेको अवस्थामा पूर्व सेनापति कटुवालको आकस्मिक भारत भ्रमणलाई राजनीतिक बृत्तमा महत्वकासाथ हेरिएको छ ।
स्रोतका अनुसार कटुवाल माओवादी नेतृत्वको सरकार बन्न नदिने बातवरण निर्माण गर्न भारत भ्रमणमा निस्कनु भएको हो । उहाँले त्यहाँ रहँदा महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्नु हुने बताईएको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस