दुर्घटनामा १ को मृत्यु, दुइ घाइते
March 07 2010
नवलपरासि,२४ फागुन । नवलपरासीको प्रसौनीमा गएराती ट्रक र कार एक आपसमा ठोक्किएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा बुटबल नगरपालिका बस्ने कारका चालक वर्ष३५ का बिश्वेश्ारप्रसाद श्रेष्ठ रहेका छन् । घटनापछि गम्भीर घाइते श्रेष्ठको दाउन्ने देवी पोलिक्लिकमा उपचारको क्रममा मृत्यु भएको हो । पर्ूवबाट पश्चिम जांदै गरेको बा ७ च ६५८४ नम्बरको कार र पश्चिमबाट पर्ूवतर्फआउंदै गरेको ना २ ख ६७४४ नम्बरको ट्रक पर्र्सौनी ३ मा ठोक्किएर दर्ुघटना भएको हो । घटनामा परी घाइते भएकाहरुको अवस्था चिन्ताजनक रहेको र उनीहरुको मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको नवलपरासी प्रहरीले जानकारी दिएको छ । र्घाईते दुवै जना पनि कारमा रहेका थिए । ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस