REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
लैङ्गीक विभेदमा कमी आएको छ -प्रधानमन्त्री
March 07 2010

काठमाडौ,२४ फागुन । प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल महिला संवेदनशील बन्दै गएको बताउनुभयो छ । श्रमिक महिला दिवसको अवसरमा प्रधानमन्त्री नेपालले महिलाका सवालमा नेपालले महत्वपूर्ण उपलब्धी हाँसिल गर्दै आएको बताउनुभयो । शुभकामना सन्देशमा प्रधानमन्त्री नेपालले महिला अधिकारको प्रश्नमा अहिले संसारव्यापी रुपमै संवेदनशीलता वृद्धि भएको उल्लेख गर्दै नेपालमा पनि पहिलेको तुलनामा केही हदसम्म उपलब्धिहरु हासिल भएको बताउनु भएको छ । महिलाहरुको समानताका लागि नेपालको अन्तरिम संविधान- २०६३ को प्रस्तावनामा लैङ्गिक सवाल उल्लेख गरिएको महिलाका अधिकारलाई मौलिक हकका रुपमा स्वीकार्दै ऐन-नियममा भएका लैङ्गिक विभेदयुक्त प्रावधानहरुलाई हटाउने प्रयास गरिएको तथा सन् २०१० लाई लैगिक िहंसा मुक्त वर्ष घोषणा गरेर महिलाका पक्षमा यस्ता प्रयासहरु भइरहेको उहाँले बताउनु भएको छ । नयाँ संविधान बनाउन निर्मित संविधानसभामा महिलाहरुको उल्लेखनीय सहभागिता हुन सक्नु राजनीतिक परिवर्तनको एउटा महत्वपूर्ण सूचक हो भन्दै यसैलाई पर्याप्त भने नमानी अझ धेरै गर्न बाँकी रहेको बताउनुभयो ।

 एकीकृत नेकपा माओवादीले पनि शुभकामना सन्देश िदंदै नयाँ संविधान बन्न लागेको अहिलेको महत्वपूर्ण समयमा सबै परिवर्तनकारी महिलाहरु एकजुट हुनुपर्ने बताएको छ । पार्टीका तर्फबाट प्रवक्ता दिनानाथ शर्माले निकाल्नु भएको विज्ञप्तिमा   शान्तिप्रकि्रया अन्तरिम संविधान र संविधानसभाको प्रकि्रयासम्म आइपुग्दा महिलाहरुले ३३ प्रतिशत प्रतिनिधित्व एवम् सहभागिताको ग्यारेण्टी पैतृक सम्पत्तिमाथि अधिकार र सम्बन्ध विच्छेदको अधिकार संवैधानिक रुपमै प्राप्त गर्नु ऐतिहासिक उपलब्धि भएको भन्दै त्यसका लागि पार्टीको महत्वपूर्ण भूमिका रहेको दाबी गर्नुभएको छ । यस्तै अरु विभिन्न दलका नेताहरुले पनि अन्तर्राष्टिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिएका छन् ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.