संविधानका विषबस्तुमा एमालेमा विवाद
March 07 2010
काठमाडौ,२४ फागुन । संविधानसभाका प्रावधानका विषयमा नेकपा एमालेभित्रै विवाद उत्पन्न भएको छ । जारी केन्द्रीय कमिटीको बैठकमा राज्यपुनसंरचना र शासकीय स्वरुपमा बारेमा भनाइ राख्ने क्रममा नेताहरुले फरक फरक धारणा राखेका छन् । यसअघि विवाद मिलेको बताएपनि फेरि सस्थापन पक्ष र ओली पक्षको लाइनमा सदस्यहरुले कुरा राखेको एक सदस्यले जानकारी दिनुभयो । आज बस्ने बैठकमा पनि राज्यपुनसर्ंरचना र शासकीय स्वरुपका विषयमा छलफल हुने सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो । हिजो भनाइ राख्ने क्रममा अधिकांस सदस्यहरुले विशेषज्ञको सुझावका आधार टुङ्ग्याउने पर्ने धारणा राखेका थिए । शासकीय स्वरुप अन्र्तगत प्रधानमन्त्री चयन गर्ने क्रममा पनि यसअघिको विवाद बल्झीएको छ । अध्यक्ष झलनाथ खनाल पक्षधरले प्रत्यक्ष चुनावबाट प्रधानमन्त्री छान्नुपर्ने बताएका छन् भने केपी शर्मा ओली पक्षले संसबाट प्रधानमन्त्री छान्नुपर्ने पक्षमा छन् । आजको बैठकले त्यसबारेमा एकमत धारणा बनाउन सक्ने सचिव ज्ञवालीले बताउनुभयो । एमाले केन्द्रीय समिटीको बैठक बिहान १० बजे पार्टी कार्यालय बल्खुमा बस्नेछ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस