यूवा दस्ता गठन गर्नु शान्ति भाड्ने चालः वाईसीएल
March 07 2010
काठमाडौ २४ फागुन । एकीकृत नेकपा माओवादीको यूवा भातृसंगठन योङ्ग कम्यूनिष्ट लिग बाईसीएलले विभिन्न दलले युवा दस्ता निर्माण गरेर शान्ति भाड्ने षडयन्त्र भएको आरोप लगाएको छ ।
वाईसीएलको हिजो सम्पन्न केन्द्रीय समितिको बैठकले त्यस्तो निश्कर्ष निकालेको हो । बैठकले संविधानसभापछि संयमित भएर संविधान निर्माण र शान्ति स्थापनाको बातावरण बनाउन लागेको आफ्नो संगठनलाई विभिन्न दलले दलले गठन गरेको भड्काउन खोजेको निश्कर्ष निकाल्दै शान्ति र संविधान निर्माणकालागी बातावरण निर्माण गर्न यूवा अभियान चलाउने निर्णय गरेको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा वाईसीएल अध्यक्ष गणेशमान पुनले अभियानको घोषणा गर्नु भएको हो ।
अभियान अन्तर्गत वाईसीएलले देशब्यापी राजनीतिक प्रशिक्षण प्रकाशन घर दैलो जनपरिचालन र प्रचारात्मक कार्यक्रम गर्ने छ ।
त्यसैगरि तोकिएकै समयमा संविधान निर्माणकोलागी दवाव सृजना गर्न बाईसीएलले चैत्र ५ देखि १० गतेसम्म हस्ताक्षर अभियान सन्चालन गर्ने चैत्र ११ गते संविधान सभामा ज्ञापनपत्र बुझाउने चैत्र १५ गते मुख्य मुख्य शहरमा गोष्ठि गर्ने चैत्र २२ गते मेचि महाकाली यूवा चेन र् याली गर्ने र चैत्र २४ गते ब्यापक जनप्रदर्शन गर्ने्र कार्यक्रम पनि बाईसीएलले घोषणा गरेको छ ।
बैेठकले समाजमा रहेको विकृतिहरुको विरुद्ध अभियान नै चलाउने निर्णय पनि गरेको छ । यसक्रममा उसले हत्या अपहरण छाडा संस्कृति महगी कालावजारी भ्रष्टाचारी तस्करीमा सलग्नलाई कारवाहीकालागि कानुनी दायरामा ल्याउने अभियान चलाउने छ ।
त्यसैगरि बैठकले कार्यविभाजन समेत गरेको छ । विभाजित कार्य विभाजन अनुसार केन्द्रीय कार्यालयको जिम्मेवारी आससी शर्मा पूर्वी ब्यूरो संयोजकमा इन्द्र आङवो मधेस ब्यूरोको जिम्मेवारी सन्देश पौडेल विशेष ब्यूरोको जिम्मेवारी होमबहादुर पुन मध्य ब्यूरोको जिम्मेवारी झकबहादुर मल्ल र पश्चिम ब्यूरोको जिम्मेवारी लक्ष्मिप्रसाद चौलागाईलाई दिएको छ ।
[July 30 2010]
सिराहा १४ साउन । पूर्व पश्चि महेन्द्र राजमार्ग अन्र्तगत सिराहा जिल्लाको असनपुर गाविस वडा नम्वर १ वाट प्रहरीले आधा दर्जन डाका लाई हतियार सहित पक्राउ