स्तरीय पुलिसकोलागी राम्रो नेतृत्व र कानुनको ईमानदार कार्यान्वयन आवश्यकः डा बेदी
March 08 2010
काठमाडौ२४ फागुन । पूर्व भारतीय उच्च प्रहरी अधिकारी एवम् समाजिक नेतृ डा। किरण बेदीले राम्रो नेतृत्व र कानुनको इमानदार कार्यान्वयन भए कुनै पनि मुलुकको प्रहरीले राम्रो काम गर्न सक्ने बताउनु भएको छ ।
रिपोर्टस्र क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै बेदीले भन्नु भयो- स्तरीय तालिमको ब्यवस्था र उपयूक्त नीतिले प्रहरीलाई क्षमताबान बनाउछ ।
आफूले जहिलो पनि सजाय दिने प्रहरीको रुपमा भन्दा पनि सुधार गर्ने पुलिसको रुपमा काम गरेको उल्लेख गर्दै सुधारक पुलिस नीतिले नै प्रहरीलाई समाजमा स्थापित गराउने दावी गर्नु भयो ।
रिपोर्टस्र क्लब नेपालका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा भएको साक्षात्कारमा बोल्दै बेदीले नेपाल सरकारले चाहेमा यहाँको प्रहरीलाई पनि आफ्नो ३५ वर्षे कार्यकालको अनुभव सिकाउन तयार रहेको बताउनु भयो ।
आफ्नो प्रहरी जीवनमा पुरुष प्रधान समाजको निर्णयको असर रहेको जानकारी दिदै संबाददाताहरुको जिज्ञासामा उहाले भन्नु भयो- महिला भएकै कारण पुरुष प्रधानसमाजको निर्णयले आफू प्रहरीको उच्च पदमा पुग्नबाट बिाचत हुनु परेको थियो ।
नेपाल महिला उद्यमि महासंघको निमन्त्रणमा एक सयौ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौ आउनु भएकी डा। बेदीले महिलामा आफ्नो लागी भन्दापनि परिवार सन्तानकालागि बाच्ने ब्यवहारको कारण महिलाको विकास भए कुनै पनि मुलुकको वास्तविक विकास हुने दावी गर्नु भयो ।
प्रजातन्त्रमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताउँदै उहाँले मिडियाले आफूलाई एउटा रिपोर्टर भन्न माथि उठाएर समाज सुधारक उत्प्रेरक शिक्षक र सामाजिक नेताको रुपमा भूमिका खेल्ो महिला उत्थान सहज हुने सुझाव दिनु भयो ।
साक्षात्कारमा भारतीय घरेलुसिपलाई संगठित पारेर बजार प्रर्वद्धन गर्न महत्वपूर्ण भूमिका खेलिरहनु भएकी जया जेटलीले मनमा हिम्मत भए पुरुष वा महिला जो भए पनि आफ्नो क्षेत्रमा सफल हुने विश्वास ब्यक्त गर्नु भयो ।
नेपालमा पनि स्तरीय सिल्पकारहरु भएको आफूले पाएको बताउदै उहाँले उनीहरुलाई प्रर्वद्धन गर्नु पर्ने सुझाव दिनु भयो । यसकालागि देशप्रतिको माया हुनु पर्छ- उहाले भन्नु भयो । जेटलीले यस्ता पछाडि परेकालाई अगाडि बढाउन हिम्मत बढाउनु पर्ने सल्लाह दिनु भयो ।
क्लबका अध्यक्ष ऋषि धमलाले नेपाल र भारतको संबन्ध बहुआयामिक प्रकृतिको भएको यस्ता भ्रमणहरुले संबन्धलाई भनै सुदृढ बनाउने विश्वास ब्यक्त गर्दै नेपाल र नेपालीले भारतीय नेतृहरुको अनुभवबाट धेरै सिक्न सक्ने बताउनु भयो ।
नेपाल महिला उद्यमि महासंघकी अध्यक्ष प्रमिला रिजालले नेपाली महिलामा हिम्मतको सन्चार गराउन र अनुभव साटासाट गर्न दक्षिण एसीयाका प्रसिद्ध महिलाहरुलाई यहाँ ल्याएको जानकारी दिनु भयो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस