REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

जिल्ला समाचार
माओवादी भन्नेले ठेकेदारको पचासलाख तिरेनन्
March 08 2010

काठमाडौ २४ फागुन । एकीकृत नेकपा माओवादी निकट अखिल नेपाल बुद्धिजीवि संघका केन्द्रीय सदस्य बताउने कोटेश्वर नरेफाँटका सुरेन्द्र कोइरालाले माटो पुर्ने ठेकेदारको पचास लाख ८६ हजार आठसय रुपैया हडपेको पिडितले आरोप लगाएका छन् । रिपोर्टस्र क्लब नेपालमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर पिडित ठकेदार सागर िसंह योन्जनले कोइरालामाथि आरोप लगाएका हुन । पत्रकार सम्मेलनमा पिडित यान्जनले कोइरालाको नरेफाँटमा रहेको दश विगाह जग्गामा गत वर्षको मंसिर १६ गतेदेखि माटो पुर्ने ठेक्का पाएका थिए । सो क्रममा उनले कोइरालाको सो जग्गामा ३ सय १४ क्यूवीक फिट लम्बाई१ सय ८० क्यूविक फिट चौडाई र १५ फिट उचाई गरि कुल ८ लाख ४७ हजार ८०० क्यूविक फिट प्रति क्यूविक फिट ६ रुपैयाको दरले ५० लाख ८६ हजार ८ सय रुपैया बरावरको माटो पुरेको जानकारी दिएका थियो । जुन रकम माग्दा कोइरालाले माओवादी कार्यकर्ता प्रयोग गरि अपहरण गरेर लिनु दिनु छैन भन्दै कागज गराएका थिए । त्यसपछि पनि पैसा माग्दा अपहरणकारी भन्दै बानेश्वर प्रहरीमा चार दिनसम्म थुनाएको पिडित योन्जनले गुनासो गरे। अनेक पटक भेटदा पनि आफ्नो लगानी नउठने देखेपछि योन्जनले जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत गरेका छन । तर प्रमुख जिल्ला अधिकारीले समेत आफै मिल्नु भन्दै न्याय नदिई फिर्ता पठाई दिएको उनले बताए । योन्जनका अनुसार पछिल्लो समयमा कोइरालाले पचास लाखको ठाउमा तीनलाख रुपैया दिने प्रस्ताव गरेको मा आफूले अस्विकार गरेको जानकारी दिएका छन् । उनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि सरकार र नागरिक समाजलाई न्याय दिलाई दिन आग्रह गरेका छन् ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.