अन्मिनको समय थप्नु पर्छ ः उपाध्यक्ष भट्टराई
March 08 2010
काठमाण्डौ २४ फागुन । एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डा। बाबुराम भट्टराईले नेपालको शान्ति प्रकृयामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको संयुक्त राष्टसंघीय मिसन अनमिनको म्याद थप नगर्ने सरकारको अभिव्यक्तिले मुलुकमा गृहयुद्ध निम्त्याउने तयारी भईरहेको आशंका बढाएको आरोप लगाउनुभएको छ ।
काठमाडौंको बौंद्धस्थित बौंद्ध बहुमुखी क्याम्पसको सोमबार उदघाटन गर्दै उपाध्यक्ष डाक्टर भट्टराईले यस्तो आरोप लगाउनु भएको हो । शान्ति र संविधान नचाहने राजनीतिक दलहरु यस्तो अभिव्यक्ति दिएर मुलुकमा गृहयुद्ध निम्त्याउने षडयन्त्रमा लागेको डाक्टर भट्टराईको भनाई थियो ।
उहाँले शान्ति प्रकृयालाई भाँड्ने र संविधान नचाहने षडयन्त्र भइरहेको दाबी गर्दे विगतमा भएको बृहत शान्ति सम्झौतालाई कुल्चेर सरकार अघि बढिरहेको बताउनुभयो । उपाध्यक्ष भट्टराईले वर्तमान सरकारका जिम्मेवार मन्त्रीहरुले नै शान्ति सम्झौता विपरित अभिव्यक्ति दिएर शान्ति प्रकृया भाड्ने षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस