जेठ १४ मा संविधान नबने खुल्लम खुल्ला जनविद्रोहः प्रचण्ड
March 08 2010
काठमाडौ२४ फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेठ १४ गते संविधान जारी नगरिए खुल्ला रुपमा जन विद्रोह गरेर सत्ता कब्जा गर्ने चेतावनी दिनु भएको छ ।
१०० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा सम्बोधन गदै अध्यक्ष प्रचण्डले निर्धारित मितिमा संविधान जारी हुन नसकॆमा र जनताले चाहेको जस्तो संविधान नबन्ने अवस्था आएमा आफ्नो पार्टीले जनविद्रोह गर्ने स्पष्ट पार्नु भयो ।
यद्यपी आफ्नो पार्टी संविधान निर्माण र शान्ति प्रकि्रयाका विरुद्ध भइरहेको सबै षड्यन्त्र चिर्दै जेठ १४ गते भित्रै नयाँ संविधान जारी गर्न लागिरहेको दावी उहाँको थियो ।
जनताको हित नचाहने शक्तिहरुले अहिले एकीकृत माओवादीलाई सत्ता कब्जा गर्न खोजेको गलत प्रचार गरेर एक्ल्याउने प्रयास गरिरहेको आरोप लगाउदै अध्यक्ष प्रचण्डले जन आधार नभएकॊ अहिले सरकारका कारण संविधान निर्माणको वातावरण बन्न नसकेको आरोप लगाउनु भयो ।
जनताले समयमै सचेत गराउने काम नगरेमा मुलुक ठूलै दुर्घटनामा पर्ने संभावना औल्याउदै उहाँले जनयुद्ध र जनआन्दोलनबाट आएको संघीय गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी सचेत जनताको काँधमा आएको बताउनु भयो ।
संसदवादी दलहरुलाई दोहोरो चरित्र भएको पाखण्डीको संज्ञा दिदै प्रचण्डले बाहिर बाहिर माओवादी संविधान बनाउन चाहँदैन भन्ने हल्ला फैलाएर भित्र भित्रै संविधानसभालाई भंग गर्ने षड्यन्त्रमा लागेको दावी गर्नु भयो ।
अध्यक्ष प्रचण्डले आफ्नो दलको नेतृत्वको सरकार नबनेसम्म प्रतिक्रान्तिकारीहरुले गतिविधि गरिरहने बताउदै माओवादीलाई पुनः जंगल फर्काउने षड्यन्त्र भईरहेपनि आफूहरु जंगल नगई संविधान निर्माणमा लाग्ने उदघोष गर्नु भयो ।
[July 30 2010]
सिराहा १४ साउन । पूर्व पश्चि महेन्द्र राजमार्ग अन्र्तगत सिराहा जिल्लाको असनपुर गाविस वडा नम्वर १ वाट प्रहरीले आधा दर्जन डाका लाई हतियार सहित पक्राउ