REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
माओवादीले सघाए जेठ १४ मै संविधान जारी गर्न सकिन्छ ः प्रधानमन्त्री
March 08 2010

काठमाडौ२४ फागुन । प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत नेकपा माओवादीले समायोजनकालागि सहयोग गरे जेठ १४ मा संविधान जारी गर्न कुनै अप्ठेरो नहुने पनि बताउनुभएको छ । सरकारी भत्ता लिने शिविरका लडाकुलाई अहिले पनि माओवादीले नीजि सेनाको रुपमा लिने गरेकाले शान्तिप्रकि्रयामा असर परिरहेको बताउनुभयो । प्रधानमन्त्री नेपालले अहिले पनि माओवादी नेतृत्वले शिविर भित्र गएर लडाकुहरुलाई पार्टीगत प्रशिक्षण दिने गरेको भन्दै आपत्ति जनाउनुभयो । अन्तर्राष्टिय श्रमिक महिला दिवसको अवसर पारेर टे्रड युनियन महासंघ जिफन्ट ले आजदेखि राजधानीमा गरेको श्रमिक महिलाहरुको राष्ट्रिय सम्मेलनको उद्घाटन गदै प्रधानमन्त्री नेपालले महिला आन्दोलनका लागि महिलाहरु एकबद्ध हुनुपर्ने र महिला आन्दोलनमा पुरुषको पनि सहभागिता रहनुपर्ने बताउनुभयो । विशेष गरी असंगठित क्षेत्रका श्रमिक महिलाहरु अहिले पनि अधिकार पाउनबाट विाचत रहेको भन्दै त्यसका लागि सरकारले गर्नुपर्ने काम गर्ने बताउनुभयो । कार्यक्रममा रक्षामन्त्री विद्या भण्डारीले महिला भएकै कारण विभेद हुने धेरै ठाउँ अझै भएकाले त्यसतर्फ महिलाहरुले एकत्रित आवाज उठाउनुपर्ने बताउनुभयो । यसैविच संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभामा पेस भएका एघार वटै विषयगत समितिका प्रतिवेदनलाई निर्धारित समयभित्र सहमतिमा ल्याउन सकिने विश्वास व्यक्त गर्नुभएको छ । प्रेस चौतारी कास्कीले पोखरा विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा नौ वटा समितिमा दलहरुबीच गम्भीर मतभेद भएपनि निर्धारित समयभित्र सहमति जुटाउन सकिने उहाँको भनाइ थियो । संवैधानिक समितिको समय सीमा समाप्त भइसकेकोले भोलि हुने संविधानसभाको बैठकमा कार्यतालिका संशोधन गरी म्याद थप गरिने उहाँले जानकारी दिनुभयो । दलहरुलाई अबको बाँकी समय पूरै संविधान निर्माणमा लाग्न उहाँको आग्रह थियो । यदि निर्धारित समयभित्र नै सबै विषयहरुमा सहमति जुटाउन नसके केही प्रावधान बाँकी राखेर पनि संविधान जारी गरिने नेम्बाङको खुलासा थियो । संविधान जारी भएपछि बाँकी प्रावधानहरुलाई दलहरुबीचको सहमति कायम गर्दै संशोधन गर्दै लान सकिने उहाँको तर्क थियो । नेम्बाङले दलहरुले भन्दै आएको सेना समायोजनको विषय संविधान निर्माणको लागि विवादको विषय नभएको स्पष्ट पार्नुभयो । सेना समायोजन अन्तरिम संविधानमा कतै पनि उल्लेख नभएको उहाँको जिकिर थियो ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.