संविधानसभा अघि नागरिक खबरदारी सभा
March 08 2010
काठमाडौ,२५ फागुन । दलहरु सत्तालिप्सामा लागको भन्दै तोकिएको समयमा संविधान बनाउन दलहरुलाई खबरदारी गर्दै नागरिक समाजले आज खबरदारी सभा गर्दैछ । निर्धारित समयमा अग्रगामी संविधान जारी गर्न माग गर्दै लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनका अगुवाइमा खबरदारी सभा गर्न लागको नागरिक आन्दोलनका गुवा डाक्टर देवेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । नागरीक खवरदारी सभा दिउँसो २ बजे संबिधान सभाभवन अगाडी हुनेछ । दलहरु संविधान भन्दा सत्तामा रुमलिएको भन्दै खबरदारी गर्न लागको डाक्टर पाण्डेले बताउनुभयो । सभालाई देवेन्द्रराज पाण्डे श्याम श्रेष्ठ कृष्ण पहाडी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुले सम्बोधन गर्नु हुनेछ । वर्तमान राजनीतिक गतिरोध अन्तकालागि दलहरुबीच सहमति हुनुपर्ने देशमा शान्तिसुरक्षा कायम हुनुपर्ने लगायतका माग राखेर नागरिक आन्दोलनका अगुवाहरुले यसअघि ४८ घण्टे अनसन गरेको थियो ।
[July 30 2010]
सिराहा १४ साउन । पूर्व पश्चि महेन्द्र राजमार्ग अन्र्तगत सिराहा जिल्लाको असनपुर गाविस वडा नम्वर १ वाट प्रहरीले आधा दर्जन डाका लाई हतियार सहित पक्राउ