REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
एमालेमा विवाद बल्झीयो
March 08 2010


काठमाडौ,२५ फागुन । सत्तासिन नेकपा एमालेमा संविधानसभामा विषयबस्तुको विवाद बारे केन्द्रीय कमिटी बैठकमा दोहोरी चलेको छ । केही समय पत्थर भएको बताइएपनि विवाद फेरि बल्झीएको छ । आजको बैठकपनि संविधानसभाका विषयबस्तुमा नै हुनेछ । नेकपा एमाले केन्द्रीय कमिटीका सदस्यहरुबीच शासकीय स्वरुप र राज्यको पुनःसंरचनासम्बन्धी मत बाझेको छ । शासकीय स्वरुप र राज्यको पुनःसंरचनासम्बन्धी पार्टीको आधिकारिक धारणा तय गर्न केन्द्रीय कमिटीको बैठकमा छलफलमा लागि प्रस्तुत गरे पनि सहमति हुन नसकदा बैठक लम्बिरहेको छ । बैठकमा आदिवासी जनजाति नेताहरुले जातीयका आधारमा राज्यको पुनःसंरचना हुनुपर्ने धारणा राखेका छन् भने धेरै जसो नेताहरु जातिय आधारमा राज्यपुनस्रंरचना गरी राजनीतिक अग्राधिकार दिँदा त्यसले  जातिय मुद्दा संबोधन हुन नसक्ने भन्दै भौगोलिक सुगमता र आर्थिक सभाव्यतालाई आधार बनाएर राज्य पुनस्रंरचना गर्नुपर्ने पक्षमा उभिएका छन् । यसैगरी एमालेमा कार्यकारी प्रधानमन्त्री या कार्यकारी राष्ट्रपति भन्नेमा पनि विवाद देखिएको छ । थप छलफलका लागि केन्द्रीय कमिटीको बैठक आज बिहान १० बजेका लागि फेरि बोलाइएको छ ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.