जेठ १४ बारे औपचारीक छलफल, कार्यतालिका १०औं पटक संसोधन
March 08 2010
काठमाडौ,२५ फागुन । दलहरुको विवादले निर्धारित कार्यतालिकाभित्र काम हुन नसकेकाले संविधान निर्माणको कार्यतालिका आज १० औं पटक फेरि संशोधन हुने भएको छ । एकीकृत मस्यौदा तयार गर्ने समय एक महिना बढाएर जेठ १४ मै संविधान जारी गर्ने गरि संविधानको कार्यतालिका संसोधनको तयारी भइरहेको छ । संवैधानिक समितिको बैठक अहिले केहीबेरमा िसंहदरबारमा बस्दैछ । यसअघि एकीकृत मस्यौदा तयार गर्ने समय फागुन २१ गतेसम्म रहेपनि संविधानसभाका ११ वटा विषगत समिति मध्ये २ वटाले मात्रै प्रतिवेदन बुझाएपछि मस्यौदा तयार हुन सकेको छैन । समितिले एकीकृत मस्यौदा तयार गर्ने समय बढाउने तर अरु काम बाँकी समयभित्रै सक्ने गरि संशोधनको तयारी गरेको समितिका सदस्य माओवादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । कार्यतालिकाअनुसार काम नभएकाले यसअघि नवौ पटक कार्यतालिका संशोधन भइसकेको छ । आज कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यतालिका बनाएपछि संविधानसभाको बैठकले संशोधन गर्नेछ । यसैबीच संविधान निर्माणको कार्यतालिका संशोधन गर्नुअघि संवैधानिक समितिले अहिले संविधानसभाका दलहरुसँग छलफल गदैछ । समितिले सबैदलका नेताहरुलाई अनिवार्य बैठकमा आउन भनेको छ । दलहरुसँगको छलफलपछि संविधानको कार्यतालिका र जेठ १४ गते संविधान जारी हुन सक्ने नसक्ने बारेमा तय गरिनॆ संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो । दलहरुसँग सभाध्यक्ष सुवासचन्द्र नेम्वाङको राज्यपुनसर्ंरचना पछि टुङ्ग्याउने गरि संविधान जारी गर्नुपर्ने प्रस्तावका विषयमा पनि छलफल हुनेछ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस