गोली लागि घाइते भएका शाहलाई उपचारका लागि विराटनगर र भण्डारीलाई मिर्चैया अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अरङ्गाउँस्थित रामप्रीत ठाकुरको घरमा विवाह समारोह चलिरहँदा अज्ञात समूहले गएराति गोली चलाएको थियो । गोली हान्ने व्यक्तिको पहिचान नभएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
घटनाको विरोधमा स्थानीयबासी र मृतकका आफन्तले पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया खण्डमा यातायात अबरुद्ध पारेका छन् ।