REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
संविधान निर्माण कार्यतालिका दशौ पटक संसोधन
March 09 2010

काठमाडौ, २५ फागुन । संविधान निमार्णको आन्तरिक कार्यतालिका १० औं पटक परिर्वतन भएको छ । पुर्व निर्धारित कार्यतालिका अनुसार सविधान निमार्ण प्रकृया अघि वढ्न नसकेपछि संविधानसभाको आजको वैठकले आन्तरिक कार्यतालिका परिवर्तन गरेको हो । निर्धारित मितिमा संविधान जारी गर्ने नसकिने भन्दै जेठ १४ गतेको निर्धारित अन्तिम मिति नै पछि सार्ने कतिपयले तर्क गरिरहेका वेला संविधान सभाको वैठकले ०६६ साल जेठ १४ गते नै संघिय गणतन्त्र नेपालको संविधान वनाईसक्नेगरि कार्यतालिका परिवर्तन गरेको छ । आजै वसेको संविधानसभा कार्यव्यवस्था परामस्र समितिले गरेको निर्णय अनुसार तयार भएको कार्यतालिका परिवर्तनको प्रस्तावलाई संविधानसभाको वैठकले सर्वसम्मतीले पारित गरेको हो । गत २१ गते सम्ममा एकीकृत मस्यौद्धा तयारी गरीसक्नु पर्ने भए पनि विभिन्न ९ वटा समितिको विषयगत प्रतिवेदनमा सहमति हुन नसक्दा एकिकृत मस्यौदा लेखन कार्य ढिला हुँदा तालिका संसोधन गर्नु परेको हो । संविधान सभाको अर्को बैठक आगामी चैत्र ३ गते मंगलबार दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको छ ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.