एमालेले संविधानसभाका विवाद टुङग्याउँदै
March 09 2010
काठमाडौ,२६ फागुन । नेकपा एमालेले राज्यपुनसंरचना सहित संविधानसभाका विषयबस्तुमा देखिएको विवाद आज टुङ्गो लगाउने भएको छ । हिजो सम्म भएको छलफलका आधारमा राज्यपुनसंरचनाको जिम्मा आयोगलाई दिनुपर्ने निस्कर्ष निस्किएपनि त्यसको निर्णय आज हुनेछ । बैठकमा वोल्ने नेताहरुले जाति राज्य र भौगोलिक राज्यका विषयमा फरक फरक मत राखेका थिए । आजको बैठकमा पार्टीको सस्थापन पक्ष र ओली पक्षबीच मतभेद देखिएको राज्यको शासकीय स्वरुपका विषयमा पनि टुङ्गो लगाउने एमाले केन्द्रीय सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो । एमाले केन्द्रीय समितिको बैठक बिहान १० बजे पार्टी कार्यालय बल्खुमा बस्नेछ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस