गृहराज्यमन्त्रीले आज राजिनामा दिदै
March 09 2010
काठमाडौ,२६ फागुन । गृहमन्त्री भीम रावलसँगको खटपट र सरकारको नै आलोचना गरेको भन्दै प्रधानमन्त्रीले राजिनामा दिन माग गरेपछि गृहराज्यमन्त्री रिजमान अन्सारीले आज पदबाट राजिनामा दिदैहुनुहुन्छ । अन्सारीले रिपोर्टस्रक्लबको साक्षत्कार कार्यक्रममा गृहमन्त्रीको राजिनामा माग गर्नु भएको थियो । आज दिउँसो प्रधानमन्त्री माधवकुमार नेपालालइै अन्सारीले लिखित राजिनामा बुझाउन लाग्नु भएको छ । यसअघि आफूले जिम्मेवारी नपाएको भन्दै अन्सारीले गृहमन्त्रीको आलोचना गर्नु भएको थियो । सुरक्षाअवस्थामा खस्किनुमा गृहमन्त्री जिम्मेवार भएकाले राजिनामा दिनुपर्ने पनि अन्सारीले बताउनु भएको थियो । हिजो बुलुका बालुवाटारमा नै बोलाई प्रधानमन्त्री नेपालले राजिनामा दिएर आफुलाई सहयोग गर्न गृहराज्यमन्त्री अन्सारीलाई निर्देशन दिनुभएको थियो । स्रोतका अनुसार गृहमन्त्री रावलले अन्सारीको राजिनामा माग नगरिए आफु बाध्य भएर राजिनामा दिने बताएप्छि प्रधानमन्त्रीले अन्सारीको राजिनामा माग गर्नु भएको हो ।
[July 30 2010]
सिराहा १४ साउन । पूर्व पश्चि महेन्द्र राजमार्ग अन्र्तगत सिराहा जिल्लाको असनपुर गाविस वडा नम्वर १ वाट प्रहरीले आधा दर्जन डाका लाई हतियार सहित पक्राउ