आजपनि गर्भनरको टुङगो लाग्न सकेन्
March 09 2010
काठमाडौ२६ फागुन । एक महिनाभन्दा लामो समयदेखि रिक्त रहँदै आएको राष्ट्र बैकको गर्भनर नियूक्तिको विषयमा आज बसेको मन्त्री परिषदको बैठकले पनि टुङगो लगाउन सकेन् ।
बैठकमा आजपनि गर्भनरकालागी सिफारिस यूवराज खतिवडा वीरविक्रम रायमाझी र रामेश्वर खनालको मध्ये एक जनाको नाममा सहमति बन्न नसकेपछि निर्णय हुन नसकेको कानुनमन्त्री प्रेमबहादुर िसंहले जानकारी दिनु भयो । यद्यपि बैठकले वरिष्ठ पत्रकार सम्मान अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ । यसै गरी द्धन्द्धपीडित पत्रकारहरुको कल्याण कोषको सचालनकालागि निर्देशिका पनि पारित गरेको पर्यटनमन्त्री शरद सिह भण्डारीले जानकारी दिनु भयो ।
यसै गरी बैठकले श्रेणीविहीन कर्मचारीलाई थप सुविधाको लागि प्रस्ताव पारित भएको पनि उहुले जानकारी दिनु भयो । त्यस्तै सुचना प्रविधि नीति २०६६ पनि बैठकले पारित गरेको छ । साथै बैठकले शहिद निर्धारण आयोगको म्याद थप गर्ने निर्णय गरेको बताइएको छ । बैठकमा मुलुकको शान्ति सुरक्षाको स्थितिका बारेमा पनि छलफल भएको बुझिएको छ । मन्त्री भण्डारीका अनुसार बैठकले ईजरायल नेपाल निजि क्षेत्रको सहयोग आदानप्रदान गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ
त्यस्तै बैठकले उपराष्ट्रपति परमानन्द झाको भारत भ्रमणको खर्च नबेहोर्ने भएको छ । यद्यपि सरकारले उहाँका अङग रक्षक र अन्य सहयोगीहरुको खर्च भने व्यहोर्ने जनाएको छ । त्यस्तै बैठकले उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सम्महालेको भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी उहाँको अनुपस्थितीमा पर्यटनमन्त्री शरदिसंह भण्डारीलाई दिने निर्णय गरेको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस