संवैधानिक समितिमा माओबादीको हो हल्लाले बैठक एजेण्डामै प्रबेश गरेन
March 10 2010
काठमाण्डौ२६फागुन । एकीकृत नेकपा माओबादीका सभासदहरुले संवैधानिक समितिमा वितरित संविधानमा देखिएका जटिलता सम्बन्धी एजेण्डा पत्रपत्रिकामा बितरण गरेकोमा आपत्ति प्रकट गर्दै बिरोध जनाएपछि आजको बैठक एजेण्डामा प्रबेश नै नगरी स्थगित भएको छ ।
समितिको कार्यालय सिहदरबारमा आज बसेको बैठकमा माओबादी संसदीय दलका उपनेता नारायणकाजि श्रेष्ठले हिजोको संवैधानीक समितिको बैठकमा सदस्यलाई वितरीत प्रतिलिपि पत्रपत्रिकालाई बितरण गरेको भन्दै बिरोध गरेपछि आजको बैठक भोलि सम्मका लागि स्थगित भएको हो । हिजो बसेको संवैधानीक समितिको बैठकमा संविधान निर्माण सम्बन्धी जटिलतालाई बुदाँगत लिखित रुपमा बितरण गरिएको थियो ।
माओबादी संसदीय दलका उपनेता श्रेष्ठ र अन्य सभासद्ले निर्णय जस्तो गरेर पत्रपत्रिकामा कसरी आयो भनि माओबादीका सभासद्हरुले हो हल्ला गरेका थिए । त्यसै गरेर बैठकमा सद्भावना अनन्दीदेबीको संसदीय दलको नेता सरीता गिरिले पनि अग्नि खरेलको संयोजकत्वमा रहेको उपसमितिको कार्यक्षेत्राधिकारका बारेमा जिज्ञासा राखेको बताईएको छ ।
आजको बैठकमा संवैधानीक अंगको संरचना निर्धारण समितिको प्रतिबेदनमा छलफल गर्ने कार्यक्रम थियो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस