नयाँ दिल्लीमा उपप्रधानमन्त्री गच्छदार उच्च राजनीतिक भेटवार्तामा ब्यस्त
March 10 2010
ऋषि धमला
नयाँ दिल्ली२६ फागुन । मुलुकमा राजनीतिक गतिरोध चरम अवस्थामा पुगेको बेला हिजो बाट छिमेकी मुलुक भारतको पाचँ दिने भ्रमणमा निस्कनु भएका उपप्रधानमन्त्री एवम् भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार नयाँ दिल्लीमा उच्च राजनीतिक भेटवार्तामा ब्यस्त रहनु भएको छ ।
उपप्रधानमन्त्री गच्छदारले आज भारतीय प्रधानमन्त्री मनमोहन िसंहका सुरक्षा सल्लाहकार शिवशंकार मेननसँग भेतवार्ता गर्नु भएको छ । विहान कारिब एक घण्टा भएको भेटवार्तामा नेपालमा जारी राजनीतिक गतिरोध शान्ति प्रकि्रया सेना समायोजन संविधान निर्माणको कार्य र दुई मुलुकको सुरक्षाको विषयमा छलफल भएको गच्छदारले जानकारी दिनु भयो ।
भेटमा गच्छदारले तोकिएको समयमा संविधान निर्माण र शान्ति प्रकि्रया निश्कर्षमा पुर् याउने दिशामा सरकार रोडम्याप सहित अगाडि बढेको जानकारी दिनु भएको थियो । सो अवसरमा मेननले पनि तोकिएकै समयमा संविधान र शान्ति प्रकि्रया सम्पन्न भएर नेपालमा राजनीतिक स्थायीत्व कायम होस भन्ने चाहनामा भारत रहेको स्पष्ट पार्नु भएको थियो ।
त्यस्तै गच्छदारले आजै भारतीय विदेश सचिव निरुपमा रावसँग पनि भेटवार्ता गर्नु भएको छ ।
भेटमा सचिव रावको जिज्ञासामा उपप्रधानमन्त्री गच्छदारले संविधान निर्माण र शान्ति प्रकि्रयालाई निश्कर्षमा पुर् याउन सरकार दृढताकासाथ लागिपरेको जानकारी दिदै भारत विरोधी कुनै पनि गतिविधि आफ्नो मुलुकबाट हुन नदिने प्रतिबद्धता दोहर् याउनु भएको थियो । त्यस्तै भारतले पनि नेपालको सुरक्षा ब्यवस्थालाई सुदृढ बनाउन सहयोग गर्ने बचन दिनु भएको थियो ।
उपप्रधानमन्त्री गच्छदारले आजै साँझ भारतीय लोक सभाका अध्यक्ष मिरा कुमारसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस