काठमाडौ,२६ फागुन । बिरामि परेर सिकिस्त भएको खबर बाहिर आएकै बेला कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र आजै नेपाल भ्रमणमा आएका सयुक्त राष्ट्रसंघका उप महासचिवबीच भेटवार्ता भएको छ ।
कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले अन्मिनले विवादमा आउने काम गर्न नहुने बताएका छन्। संयुक्त राष्ट्र सङ्घका राजनीतिक मामिलासम्बन्धी उप-महासचिव बी लिन पास्कोसहितको प्रतिनिधि मण्डलसँग आफ्नै निवासमा भेट्दै कोइरालाले त्यसो बताएका हुन्।राष्ट्रसंघीय प्रतिनिधिमण्डलले सुशील कोइराला, शेरबहादुर देउवा, रामशरण महत, शेखर कोइराला, कृष्ण सिटौलासहितका कङ्ग्रेस नेताहरुसित शान्ति प्रक्रियाका विविध विषयमा छलफल गरेको थियो।