REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
भारत सत्ता परिवर्तन भन्दा शान्ति र संविधानको पक्षमा
March 10 2010

ऋषि धमला, नयाँ दिल्ली, २६ फागुन । भारतले नेपालमा अहिले सत्ता परिवर्तन भन्दा तोकिएकै समयमा संविधान निर्माण र शान्ति प्रकि्रयालाई निश्कर्षमा पुर् याउन तर्फ नेपाली दलहरुको ध्यान केन्द्रीत हुनु पर्नेमा जोड दिएको छ । भारतको पाँच दिने भ्रमणको क्रममा रहँनु भएका उपप्रधान एवम् भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले नयाँ दिल्लीमा सन्चारकर्मीहरुसँग कुरा गर्दै त्यस्तो जानकारी दिनु भएको हो । उपप्रधानमन्त्री गच्छदारले आज भारतीय विदेश सचिव निरुपमा राव लोकसभाका स्पीकर मिराकुमार र प्रधानमामन्त्री मनमोहन िसंहका सुरक्षा सल्लाहकार शिवशंकर मेननसँगको भेटवार्तापछि त्यस्तो जानकारी दिनु भएको हो । उहाँले भन्नु भयो- भारतले नेपालमा स्थायित्व चाहेको छ । नकी अस्थिरता र अराजकता । भारतीय अधिकारीहरुले नेपालमा अस्थिरता भए भारतको सुरक्षामा समेत गंभिर असर पर्ने भन्दै छिटो राजनीतिक सहमति कायम गरि संविधान निर्माण र शान्ति प्रकि्रयालाई निश्कर्षमा पुर् याउने दिशामा अगाडि बढ्न आग्रह गरेको उपप्रधानमन्त्री बताउनु भयो । भारतले शान्ति संविधान र विकाश निर्माणमा पूर्ण सहयोग रहने प्रतिबद्धता पनि भेटको क्रममा भारतीय अधिकारीहरुले उपप्रधानमन्त्री गच्छदार समक्ष ब्यक्त गरेका थिए । भेटमा पूर्व पश्चिम रेलमार्ग विस्तार हुलाकी राजमार्ग निर्माणको विषयमा पनि छलफल भएको थियो । भोली उहाँले भारतीय रक्षामन्त्री र विदेशमन्त्री लगायतका बरिष्ठ नेताहरुसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.