गृहराज्यमन्त्रीद्धारा पदबाट राजिनामा
March 10 2010
काठमाडौ २६ फागुन । गृहमन्त्री भिम रावलसग बढ्दै गएको आन्तरिक बिवादका कारण विवादमा रहनु भएका गृहराज्यमन्त्री रिजवान अन्सारीले आज आफ्नो पदबाट राजिनामा दिनु भएको छ ।
मुलुकको शान्ति सुरक्षा विगि्रएको अवस्थामा पार्टी र मुलुकको हित विपरित अभिव्यक्ति दिएको भन्दै गएराती प्रधानमन्त्री माधब कुमार नेपालले उहाँलाई राजीनामा दिन भनेपछि उहाले आज अपरान्ह पार्टी अध्यक्ष झलनाथ खनालसँग परामर्श गरि साँझ राजिनामा दिनु भएको हो । परामर्शमा खनालले पनि राजीनामा दिन भनेपछि राज्यमन्त्री अन्सारीले राजीनामा दिने तयारी गर्नुभएको स्रोतको दावी छ ।
अन्सारीको राजिनामा आजै प्रधानमन्त्री माधवकुमार नेपालले अन्तरिम संविधान २०६३ को धारा ३८ को उपधारा ८ बमोजिम स्विकृत गर्नु भएको प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ ।
अन्सारी सरकारमा सहभागि एमालेका १० नेताहरु मध्ये एकमात्र निर्वाचित सभासद्
हुनु हुन्थ्यो । त्यस्तै उहाँ सरकारमा एकमात्र मुस्लिम समुदायको मन्त्री पनि हुनु हुन्थ्यो । गृहमन्त्री भिम रावलले आफूलाई कुनै जिम्मेवारी नदिई सबै आफैले गर्ने गरेको भन्दै उहाँले विगत तीन महिनादेखि रुष्टता प्रकट गर्दै आउनु भएको थियो ।
[July 30 2010]
सिराहा १४ साउन । पूर्व पश्चि महेन्द्र राजमार्ग अन्र्तगत सिराहा जिल्लाको असनपुर गाविस वडा नम्वर १ वाट प्रहरीले आधा दर्जन डाका लाई हतियार सहित पक्राउ