ए डिभिजन लिग फुटवलमा शीर्ष टोली मनाङब्वाइज युनियनसँग गोलरहित बराबरी
March 10 2010
काठमाडौ२६ फागुन । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा सशक्त टोली मनाङ् मस्याङ्दी क्लबलाई कमजोर प्रतिद्धन्दी ब्वाइज युनियनलाई गोल रहित बराबरीमा रोकेको छ । अहिलेसम्म अपराजित रहेको मनाङ् मस्याङ्दीलाई लिगको पुछारमा रहेको ब्वाइज युनियनले पहिलो पटक बराबरीमा रोकेर १-१ अंक बाँडेको हो । दशरथ रङ्शालामा आज भएको खेलमा बराबरीपछि पनि मनाङ मस्याङदी क्लब १३ अंकका साथ पहिलो स्थानमै कायम छ । दोश्रो खेलमा खेलमा त्रिभुवन आर्मी क्लब र नबिल थ्री स्टार १-१ को बराबरीमा रोकिए । खेलको ६० औँ मिनेटमा हरि महतोले गरेको त्रिभुवन आर्मीको जितको बाधक बने थि्रस्टारका सन्तोष साहुखलः । उनले ८९ औँ मिनेटमा गोल फर्काएर टिमलाई पराजयबाट बचाए । प्रतियोगिता अन्तर्गत बिहीवार पहिलो खेलमा एनआरटी र मच्छिन्द्र क्लव तथा नेपाल पुलिस क्लव र प्रेुण्ड्स क्लवबीच खेल हुनेछ ।
[July 30 2010]
सिराहा १४ साउन । पूर्व पश्चि महेन्द्र राजमार्ग अन्र्तगत सिराहा जिल्लाको असनपुर गाविस वडा नम्वर १ वाट प्रहरीले आधा दर्जन डाका लाई हतियार सहित पक्राउ