
२०११ साल कात्तिक १० गते लक्ष्मीपूजामा गोरखाको अमराइँ, छोप्राक जन्मनुभएको हो बाबुराम पोखरेल । किसान घनश्याम र मायादेवीका सन्तानका रुपमा जन्मेका बाबुरामका एक भाइ र दुइ बहिनी हुनुहुन्छ । संयुक्त परिवारको जेठो नाति भएकाले बाबुरामले सबैको माया पाउनुभयो । मावलीमा पनि त्यत्तिकै प्यारो हुनुहुन्थ्यो उहाँ । मावली हजुरबुवा जगन्नाथ देवकोटा नामी पण्डित हुनुहुन्थ्यो । "नाति ल्याएर पढाए र्स्वर्ग तरिन्छ" भन्ने जनविश्वास भएकाले उहाँले बाबुरामलाई लिगलिग बोहरागाउँमा नै राख्नुभयो । हजुरबुबाबाट अक्षरारम्भ गरेपछि उहाँ युनाइटेड मिसन टु नेपाल नाम मिसनरी स्कुलमा भर्ना हुनुभयो ।
बालापनका अनेक सम्झना छन् उहाँसित । मावली हजुरबुबाका थुप्रै जजमान थिए । एकपल्ट जजमानको घरमा एकाह लगाइँदै थियो । तर, हजुरबुवाले नौजना पण्डित डाक्नुभएको थियो । तर, एकजना आइपुगेनन् । अनि हजुरबुबाले मलाई पहेँलो भोटो, धोती र टोपी लगाएर उनको ठाउँमा पाठ गर्न लगाउनुभयो । "पण्डितहरुको लहरमा बसेर हात हल्लाउँदै पाना पल्टाउन पाउँदा मलाई आफू पनि ठूलो मानिस भएजस्तो लागेको थियो," उहाँ भन्नुहुन्छ ।
मेधावी विद्यार्थी बाबुराम कक्षामा सधैं प्रथम, द्वितीय भइरहनुहुन्थ्यो । नर्वेली शिक्षक मिस्टर भोर्लेन उहाँलाई औधी मन पराउनुहुन्थ्यो । भलिबल, जुडोलगायतका खेलमा पनि उहाँको रुचि थियो । विद्यालय तल्तिर चेपे किनारमा बनभोज गएको सर्न्दर्भ उहाँको सम्झनामा अझै खेलिरहन्छ । समूह बनाएर गाउँघरमा सरसफाइ र विकास निर्माणमा पनि उहाँ अघि र्सर्नुहुन्थ्यो । उहाँहरुले एकपटक 'भक्त-भानुभक्त' नाटक देखाउनुभयो । भानुभक्तको भूमिका खेल्नुभएको थियो बाबुरामले । तर, उहाँलाई देख्नेबित्तिकै सबै गलल्ल हाँसे । एउटा दृश्यमा उहाँले चस्मा लगाएर अभिनय गर्नुभएछ । पहिले त उहाँले बुभ
\mनुभएनछ । पछि साथीहरुले भनिदिए- "आदिकवि भानुभक्त पनि चस्मा लगाउँथे ?"२०२८ सालमा उहाँले एसएलसी उत्तीण्ा गर्नुभयो । बालककालदेखि नै उहाँ शिक्षक बन्न चाहनुहुन्थ्यो । उहाँलाई लाग्थ्यो- शिक्षकजति महान् कोही छैन । उहाँका मितबुबा फत्तबहादुर गुरुङ ठमेल, काठमाडौंको भारतीय सैनिक छात्रावासको सुपरिटेन्डेन्ट हुनुहुन्थ्यो । त्यही बसेर उहाँले आई.एस्सी, आईएड, आईए, बीएड, बीए,बीएल, एमए, एमपीए गर्नुभयो । दर्ुइ वर्षघि उहाँले म्यान पावर प्लानिङ इन डेभलपमेन्टिङ कन्टि्रज विद् स्पेसल रिफरेन्स टु नेपाल विषयमा विद्यावारिधि गर्नुभएको छ उहाँले ।
ललितपुर, गोदावरीस्थित आदर्शविद्या विद्यालय -एभीएम) बाट उहाँले जीवनको पहिलो शिक्षण सेवा सुरु भएको हो । काठमाडौं उपत्यकाका शैक्षिक सस्थाहरुमा विभिन्न जिम्मेवार पदमा रहेर काम गर्नुभएको छ । सानै उमेरदेखि समाज र राष्ट्रको सेवामा समर्पित रहन रुचाउने शिक्षासेवी बाबुराम भीएस -विनायक सुधा) निकेतनको सस्थापक प्रिन्सिपल हुुनुहुन्छ । विघ्नहर्ता गणेश अर्थात् विनायकका नाममा विद्यार्थीलाई सुधा अर्थात् अमृत पिलाउने ठाउँका रुपमा उहाँले भीएस निकेतन सुरु गर्नुभएको हो उहााले । 'गुणस्तरीय शिक्षामा समुन्नत राष्ट्र, सभ्य समाज अनि भावी पिँढीको सुन्दर भविष्य निहित हुन्छ' भन्ने विचारलाई आत्मसात गरेर २०३८ साल फागुन १८ गते विद्यालय खोलिएको थियो । "सबैका शिक्षा प्रदायक एवं विघ्नहर्ता भगवान् श्री गणेश अर्थात् श्री विनायक भगवान्का नाममा थापाथली काठमाडौंमा शिक्षा क्षेत्रमा आप
\mनो भविष्य व्यक्तित्व निर्माण अनि समाजसेवाको अवसर देखेँ,' उहाँ भन्नहुन्छ, "स्थापनाको पहिलो वर्ष१४७ विद्यार्थी र ७ जना शिक्षकबाट कक्षा २ सम्म सुरु गरिएको थियो ।" अहिले विद्यालयमा २५० भन्दा बढी शिक्षक, शिक्षिका र चार हजारभन्दा बढी विद्यार्थी छन् । विद्यालयका उत्पादन चिकित्सक, इन्जिनियर, प्राद्यापक र प्रशासकका रुपमा देश विदेशमा कार्यरत छन् ।संस्थापक बाबुराम पोखरेलको कर्तव्यनिष्ठ, सबल र आत्मगत नेतृत्वले नै विद्यालय यस अवस्थामा आइपुगेको हो । २५ वर्षपुगिसकेको यस विद्यालयमा होस्टेलचाहिँ छैन । राम्रो सुविधा दिन नसक्ने भएकाले छात्राबास नराखेको उहाँको धारणा छ । यस अवधिमा मुलुककै प्रतिष्ठित विद्यालय बन्न सफल भएको छ । एसएलसीमा बोर्ड प्रथम, बोर्ड तेस्रो र बोर्ड सातौं स्थान ओगेटेको छ । विद्यालयले १७ ब्याज एसएलसी, ९ ब्याज कक्षा १२ र ३ ब्याज स्नातक बीबीए तहको परीक्षामा उच्च सफलता प्राप्त गरिसकेको छ ।
शैक्षिक गुणस्तर, सुविधासम्पन्न भौतिक पर्ूवाधार, सहुलियत शुल्क, अनुशासित वातावरण कायम राख्न सफल छ विद्यालय । राष्ट्रिय र अन्तर्रर्ााट्रय प्रतिस्पर्धाहरुमा खरो उत्रन सक्ने शैक्षिक जनशक्ति उत्पादन गरी राष्ट्रको शिक्षा क्षेत्रलाई अझ बढी विकसित र परिष्कृत पार्न अहम् भूमिका निर्वाह गरेको अग्रणी विद्यालयका रुपमा परिचित छ । जेहेन्दार, दलित, जनजाति, द्वन्द्वपीडित विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ ।
वरिष्ठ शिक्षासेवी बाबुराम भीएस निकेतनबाहेक ग्लोरियस इंगलिस मिडियम स्कुल र शंकर इन्टरनेसनल स्कुलसित सम्बद्ध हुनुहुन्छ । साथै उहँाको अन्य थुप्रै शैक्षिक संस्थाहरुमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध छ । तर, सबैको छाता संस्था भीएस एजुकेसन फाउन्डेसन खोलिएको छ । विभिन्न प्राज्ञिक, खेलकुद एवं सामाजिक संघसंस्थामा सक्रिय बाबुराम विभिन्न पदक तथा पुरस्कारबाट सम्मानित हुनुहुन्छ । बाबुरामका विद्यालय स्तरका केही अंग्रेजी पाठ्यपुस्तकहरु एवं कविता, कथा संग्रह प्रकाशित छन् । साथै, विभिन्न अनुसन्धानात्मक लेखरचना पनि पत्रपत्रिका र जर्नलमा छापिएका छन् ।
शिक्षासेवी पोखरेल लज्जालु स्वभावको हुनुुहुन्छ । केटीसित बस्न पनि लाज लाग्थ्यो उहाँलाई । केटीसित कहिल्यै एउटै बेन्चमा बस्नुभएन । उहाँले पहिलो प्रेम डिल्लीबजारकी उर्मिलासित भयो । २०३४ सालमा बाबुराम पोखरेलको विवाह भयो । जग्गे लगाएर, बाजै बजाएर भएको थियो विवाह । उर्मिला त्यतिबेला पद्मकन्यामा पढ्दै हुनुुहुन्थ्यो । शालीन, नरम र गम्भीर उर्मिलाको गुणबाट प्रभावित हुनुुभयो उहाँ । विवाह पारिवारिक सहमतिमा भएको थियो । तर, यो प्रेम र मागी दुवै किसिमको थियो ।
शिक्षा एवं समाजसेवाको क्षेत्रमा सदैव अग्रसर हुने प्रेरणा र हौसला दिइरहनुभयो उहाँकी धर्मपत्नी उर्मिला पोखरेलले । उर्मिला थापाथलीस्थित ग्लोरियस इंगलिस मिडियम स्कुलकी संस्थापक प्रिन्सिपल हुुनुहुन्छ । पोखरेल दम्पतिका दर्ुइ छोरा छन् युबिन र बबिन । जेठा छोरा डाक्टरका रुपमा दीनहीन र रोगीको सेवामा समर्पित हुुनुहुन्छ भने कान्छा.सि.गापुरको सिटी बैकमा काम गर्दै एमएस गरिरहनुभएको छ । "जेठो छोरा युबिन क्यान्सरको औषधी पत्ता लगाउन चाहन्छ," आप
\mना छोराहरुका बारेमा उहाँ भन्नुहुन्छ, "कान्छो छोरालाई आप\mनो उत्तराधिकारी बनाउन चाहिरहेको छु ।"५४ वषर्ीय डा. बाबुराम पोखरेल अझै १० वर्षविद्यालयमा सक्रिय हुन चाहनहुन्छ । गुणस्तरीय शिक्षा दिन सफल र स्थापित विद्यालयका रुपमा विकास गर्ने उहाँको सपना छ । उहाँ चाहनुहुन्छ, भीएस पद्मोदय, दरबार, जेपीजस्तो ब्रि्रेर नजाओस् । चरित्र निर्माणमा प्राथमिकता दिनुहुुन्छ उहाँ । बदलिँदो परिस्थितिमा शैक्षिक संस्था चुनौतीपर्ूण्ा रहेको उहाँको भनाइ छ । 'कच्च्ाा बच्चा समातेर भविष्य निर्माण गरिदिने संस्था जिम्मेवार बन्न आवश्यक छ,' बाबुरामको भनाइ छ, "सकेसम्म कुनै कमिकमजोरी नदेखियोस्, ।" नौला नौला ठाउँ घुम्न, नयाँ नयाँ काम गर्न तथा दीनहीनको सेवामा समर्पित हुन चाहनुहुन्छ बाबुराम । अमेरिका, युरोपलगायत २७ मुलुकको भ्रमण गरे पनि उहाँलाई प्यारो लाग्ने ठाउँ नेपाल नै हो । आगामी दिन समाजसेवामा लाग्ने उहाँको इच्छा छ । शान्तिनगरको वृद्धाश्रममा समेत उहाँले लगानी गर्नुभएको छ । अव अनाथाश्रम खोल्न चाहनहुुन्छ ।
मधुमेहको बिरामी हुनुहुन्छ बाबुराम । उसिनेको चामल र सागको झोल नै उहाँको नियमित आहार हो । दालभात, गुन्द्रुक र रामतोरियाको तरकारी उहाँको प्रिय खान्की हो । बिहान बिहान योगा गर्नुहुन्छ । पत्नी उर्मिला पनि बढ्तै धार्मिक सेवा गर्नुहुन्छ । गणेशका असली भक्त हुनुहुन्छ बाबुराम । उहाँको विद्यालयको कार्यकक्ष एवं घरकोठमामा गणेशैगणेश सजिएका छन् । उहाा र्साईबाबाका पनि भक्त हुनुहुन्छ ।
बाबुराम मंगलबार र बिहीबार शाकाहारी खाना खानुहुन्छ । चुरोट, मदिरा र खैनी अहिलेसम्म उहाँले सेवन गर्नुभएको छैन । आकाशे कमिज र गाढा नीलो पाइन्ट मनपर्छ उहाँलाई । उहाँले अहिलेसम्म एक हजारभन्दा बढी मूल्यको जुत्ता लगाउनुभएको छैन । फूलबारीका शौखिन हुनुहुन्छ उहाँ । उहाँको बगैचामा आँप लटरम्म फलेको छ । कुकुर पाल्ने शोख चाहिँ पूरा भएको छैन । भगौडा कुकुरका कारण उहाँ तीनचोटि असफल भइसक्नुभएको छ । महात्मा गान्धीको त्याग र तपस्याबाट उहाँ औधी प्रभावित हुनुहुन्छ । बीपी कोइराला र मदन भण्डारी उहाँका आदर्श नेता हुनुहुन्छ । उहाँका प्रेरणा स्रोतचाहिँ सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्छ । आत्मजीवनीहरु उहाँ बडो रुचिसाथ पढ्नुहुन्छ ।
प्रेम, विवाह र सेक्सका बारेमा अग्रज शिक्षाविद्को धारणा के छ त - प्रेमले नै सबैलाई समेट्न सक्छ, विवाह वंशपरम्परा धान्न गरिन्छ र सेक्सबाट अलग रहन कठिन छ, उहाँ थोरै शब्दमा भन्नुहुन्छ । उहाँका अनुसार विभिन्न सञ्चार माध्यम, चलचित्र अनि सस्ता पुस्तकबाट सेक्सलाई हाम्रो संस्कार र संस्कृतिविपरीत उछाल्ने गरिएको छ । त्यो रोकिनु राम्रो हो । "प्रेम या सेक्सलाई खुला रुपमा पर््रदर्शन गर्नु राम्रो होइन, यस्ता कुराहरु बिक्रीमा राख्ने, ग्ल्ाामर देखाउने भन्दा पनि आन्तरिक रुपमा व्यवस्थित गरी अघि बढाइनर्ुपर्छ," उहाँ भन्नहुुन्छ ।
कति होला उहाँको सम्पत्ति - स्कुलकलेजलाई उहाँ आप
\mनो भन्न चाहनुहुन्न । सादा जीवनका पारखी बाबुरामको काठमाडौंमा एक रोपनी जग्गामा घर छ उहाँको । "सम्पत्ति जीवननिर्वाह गर्न पुग्ने चाहिन्छ, मर्दा नोटको थैलो, सुनको टुक्रा घरखेत कसैले लैजाने होइन," उहाँको भनाइ छ, "मेरो चाहना के छ भने, म मरेर गए पनि मैले सुरु गरेको विद्यालय गुणस्तरीय शिक्षा दिन सफल भइरहोस् र त्यसले देशलाई आवश्यक जनशक्ति उत्पादन गरोस् ।"आप
\mनो पुरानो एउटा मुक्तक विद्यार्थीहरुलाई सुनाइरहनुहुन्छ बाबुराम ।जीवन पनि एक मुक्तक हो,
यसमा पनि चार हरफ नै कोरिएको हुन्छ
पहिलो र अन्तिम हरफ जीवन र मृत्युको
दोसाँधमा हुन्छन् भने
बीचका बाँकी दुइ हरफहरुमा
कोही ज्युँदै मरिरहेका हुन्छन् त
कोही मरेर पनि बाँचिरहेका हुन्छन् ।