आगलागीमा जलेर ३ को मृत्यु
March 10 2010
दोलखा,२७ फागुन । दोलखाको एक घरमा आगलागि हुँदा घरमा रहेका ३ जनाको जलेर मृत्यु भएको छ । आगलागीबाट लाखौको धनमाल नष्ट भएको छ । दोलखाको काटाकुटी गाविस वडा नम्बर ६ मा गएराती एक घरमा आगो लाग्दा ३ जनाको मृत्यु भएको छ । काटाकुटीको लप्टन टोलस्थित सुदिप कार्कीको घरमा विद्युत सर्ट भई आगो लाग्दा कार्कीकी २३ वर्षकी श्रीमती प्रमिला ३ वर्षकी छोरी सुप्रमा र ९ महिनाकी अर्की छोरीको मृत्यु भएको हो । आगलागीबाट १५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस