माओवादी देशब्यापी प्रशिक्षणमा
March 10 2010
काठमाडौ,२७ फागुन । पछिल्लो पटक राष्ट्रियताको मुद्दालाई छाडेर सत्ताकेन्द्रीय बनेको एकीकृत नेकपा माओवादी मुख्यमुद्दा कार्यकर्ताकाबीचमा लैजादैछ । आजदेखि सुरु हुने देशब्यापी प्रशिक्षणबाट माओवादीले तत्काल र दिर्घकालका एजेण्डाका बारेमा उच्चतहका कार्यकर्तालाई प्रशिक्षण दिनेछ । केही दिनअघि सकिएको केन्द्रीय समितिका निर्णय अनुसार माओबादीले दशेभर कार्यकर्ता प्रशिक्षण दिन लागेको हो । देशब्यापी परिक्षण अन्र्तगत आज नेवा राज्य अन्र्तगतका जिल्लाहरुको प्रशिक्षण हुन लागको छ । बिहान ११ बजे ललितपुरको खन्ना गार्मेन्टमा हुने प्रशिक्षणमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बरिष्ठ उपाध्यक्ष मोहन बैद्य उपाध्यक्षहरु बाबुराम भट्टराई नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले प्रशिक्षण दिनुहुने माओबादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । प्रवक्ता शर्माले ३ महिने विषेश कार्यक्रम अन्र्तगत प्रशिक्षण दिन लागको बताउनुभयो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस