कोइरालाको स्वास्थ्य सन्तोषजनक, विदेश लानु नपर्नेः सुजाता
March 10 2010
काठमाडौ२७ फागुन । क्रोनिक ब्रोनकाईटिसका अस्वस्थ रहदै आएका नेपाली कांग्रेसका सभापित
गिरिजा प्रसाद कोइरालाको स्वास्थ अबस्था सामान्य रहेको उहाँकी छोरी उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले जानकारी दिनु भएको छ ।
१५ दिने यूरोप भ्रमण छोट्याएर आज स्वदेश फर्किनु भएकी उपप्रधानमन्त्री सभापति कोइरालाको भेटपछि सन्चारकर्मीलाई संक्षिप्त प्रतिकि्रया दिदै त्यस्तो जानकारी दिनु भएको हो । उहाँले भन्नु भयो- म आत्तिएकी थिए । तर सानु बुबाको स्वास्थ्य ठिकै रहेछ ।
त्रिभुवन बिमानस्थलबाट सोझै कोइरालाको निवास महाराजगंज पुग्नु भएकी उपप्रधानमन्त्रीले सुतिरहेका
सभापति कोइरालालाई उठाएर केही बेर उहाँको स्वास्थ्य अवस्था बारे कुराकानी गर्नु भएको थियो ।
उपप्रधानमन्त्री कोइरालाका अनुसार सभापति कोइरालाले आज विहान नियमित समयमा एक गिलास फलफुलको जुस र गिलो जाउलो खानु भएको थियो ।
उहाँले सन्चारकर्मीहरुसँगको कुराकानीमा आफुले चिकित्सकहरुले उहाँलाई उपचारकोलागि विदेश लैजानु पर्ने आवश्यकता नरहेको बताएको सुनाउँदै अहिले उपचारकोलागि बाहिर लैजाने विषयमा कुनै निर्णय भई नसको बताउनु भयो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस