पूर्वमन्त्री एकीकृत माओवादीमा प्रवेश
March 11 2010
काठमाडौं २७ फागुन ः पूर्व सहायकमन्त्री एवम् नेपाली कँग्रेसका भूतपूर्व केन्द्रीय सदस्य हरिशंकर परियार एकीकृत नेकपामाओवादीमा प्रवेश गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित प्रवेश समारोहमा पूर्व सहायक मन्त्री परियारलगायतका करिब एक दर्जन नवप्रवेशीहरुलाई एकीकृत नेकपामाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले स्वागत गर्नुभएको थियो ।
अन्य नवप्रवेशीहरुमा पूर्व जिल्ला शिक्षा अधिकारी बलबहादुर परियार नेपाल मजदुर किसान पार्टीका पूर्व क्षेत्रीय सदस्य चक्रमान विश्वकर्मा सिलाई व्यवसायी सङ्घका केन्द्रीय सदस्य भोजराज सिवा एमालेका सकि्रय सदस्य लालबहादुर परियार नेकपा।एमालेका झापा जिल्ला समिति सदस्य कमल राज लुइँटेल प्ररायुसंघ काठमाडौंका सदस्य तथा पूर्व जिल्ला समिति सदस्य नरेश महर्जन र सुरेन्द्र चुडाल रहेका छन् ।
अध्यक्ष प्रचण्डले नवप्रवेशीहरुलाई क्षमताअनुसारको जिम्मेवारी दिन पार्टी पछि नपर्ने विश्वास दिलाउनुभयो । जनयुद्धको समयमा दलित समुदायले प्रदर्शन गरेको त्याग तपस्या र समर्पणभावको उहाँले मुक्तकण्ठाले प्रशंसा गर्नुभयो । ुअझै पनि दलितहरुको पूर्ण मुक्ति भएको छैन । अर्को रुपमा संघर्ष जारी छु प्रचण्डले थप्नुभयो ।
अध्यक्ष प्रचण्डबाट अबिर ग्रहण गरे पार्टी प्रवेश गरेपछि पूर्व सहायक मन्त्री हरिशंकर परियारले आफू जिविस सभापति हुँदासमेत दलित भएकै कारण घरबाहिर बसेर खानुपरेको तीतो स्मरण सुनाउनु भयो । ुगरीब त छँदै छौं हामी दलितहरु अछूत समेत भएर बाँच्नुपरेको छु परियारले थप्नुभयो ।
पूवमन्त्री परियारले नेपालको इतिहासमा एकीकृत नेकपामाओवादी कै कारण ५० जना दलितले संविधानसभामा प्रवेश पाएको स्मरण गराउनुभयो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस