बहुप्रदेशको समर्थनमा थारुहरुको चैत्र १ गते तराई बन्द
March 11 2010
काठमाडौ२७ फागुन । एक मधेस प्रदेशको माग गर्दै लामो समयदेखि आन्दोलन गरिरहेका आठ बटा थारु सम्बद्ध जातीय संगठनहरुले तराईमा बहुप्रदेश हुनु पर्ने माग गर्दै बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
रिपोर्टस्र क्लब नेपालमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि थारु कल्याणकारिणी सभा नेपाल लोकतान्त्रीक थारु संघ नेपाल स्वशासित थारु संघ राष्ट्रिय प्रजातान्त्रीक थारु संघ थारु यूवा सभा थारु महिला सभा र थारु कर्मचारी सभाले संयूक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् ।
घोषित आन्दोलनका कार्यक्रमहरुमा फागुन २९ गते साँझ पाँच बजे देशब्यापी रुपमा मसाल जुलुस गर्ने र चैत्र १ गते थरुहट तराई बन्द गर्ने रहेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै थारु कल्याणकारी सभाका महासचिव राजकुमार लेखिले पहाडी क्षेत्रमा १२ बटा प्रदेश हुँदा आधा जनसख्या भएको तराईलाई दुई प्रदेशमात्र बनाउँदा नेताले मात्र फाईदा उठाउने तर जनताले केही पनि लाभ नपाउँने दावी गर्दै तराईमा पनि बहु प्रदेश बनाउँनु पर्ने माग गर्नु भयो ।
मधेसका नाममा ठेकेदारी गर्ने केही नेताले आफ्नो लाभकालागि मधेसमा कम प्रदेश बनाउन षडयन्त्र गरेको दावी गर्दै लेखिले त्यसखाले षडयन्त्र विरुद्ध सर्घष गर्न समेत तराईबासीहरुसँग आग्रह गर्नु भएको छ ।
ति जातीय संगठनहरुले एउटै प्रदेश ठगी हो बहुप्रदेश लाभ हो । दुई प्रदेश षडयन्त्र हो बहुप्रदेश लाभको मन्त्र हो । थोरै प्रदेश बाई बाई बहुप्रदेश हाई हाई । लगायतका जार समेत तय गरेका छन् ।
[July 30 2010]
सिराहा १४ साउन । पूर्व पश्चि महेन्द्र राजमार्ग अन्र्तगत सिराहा जिल्लाको असनपुर गाविस वडा नम्वर १ वाट प्रहरीले आधा दर्जन डाका लाई हतियार सहित पक्राउ