REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
अनमिनलाई लखेट्ने षड्यन्त्र : माओवादी, अनमिन र माओवादीबीच साँठगाँठ : अन्य दल
March 11 2010

काठमाडौं, फागुन २७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले अनमिन र माओवादीबीच साँठगाँठ भएको बताएका छन् । 'अनमिनको काम शान्ति प्रक्रियामा सहयोगी भएन,' बिहीबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा डा. खड्काले भने- माओवादीको ध्यान संविधान बनाउने भन्दा पनि सत्ता कब्जा गर्नेतिर छ ।उनले माओवादीकै कारण समयमै संविधान बन्ने सम्भावना क्षीण भएको बताए ।

रिपोर्टर्स क्लब नेपालका सचिव बैकुण्ठ ढुंगानाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा एकीकृत माओवादीका पोलिटब्युरो सदस्य अग्नि सापकोटाले सरकारले अनमिनलाई लखेट्ने आधार तयार पार्न सरकारले गलत प्रचार गराएको आरोप लगाए । 'हामी युद्ध छल्न चाहन्छौं,' उनले भने- युद्ध पिपासुहरु हामीलाई युद्धमा होम्न चाहन्छन् । माओवादी विरोधीहरुले २०४७ कै संविधान ब्युँताउन षड्यन्त्र गरिरहेको उनको आरोप थियो ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले माओवादी लडाकुको वास्तविक तथ्यांक नदिएकाले अनमिन विवादमा परेको बताए । 'अनमिन नेपालको शान्ति प्रक्रियामा सहजकर्ताका रुपमा आएको हो,' उनले भने-तर, अहिले उसको भूमिकामा शंका उत्पन्न भएको छ । प्रधानमन्त्री माधवकुमार नेपाल शान्ति र संविधानका लागि बाधक नबन्ने उनको भनाइ थियो ।

कार्यक्रममा सद्भावना पार्टीका महासचिव अनिलकुमार झाले अनमिनले माओवादीको पक्ष लिएको बताए । सरकारले तोकेको मितिबाहिर अनमिन रहन नसक्ने उनको भनाइ थियो । 'तीन दलसँग ७५ प्रतिशत जनमत छ,' उनले भने- मधेसवादी दलले त उनीहरुलाई संविधान बनाउन सहयोग गर्ने मात्र हो ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.