REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
अनमिनको भूमिकाले शान्ति प्रकि्रयालाई अप्ठ्यारो पारेको नेताहरुको आरोप
March 12 2010

काठमाडौ २८ फागुन । सत्तारुढ दल नेकपा एमाले र नेपाली काग्रेसका प्रभावशाली नेताहरुले अनमिनको विवादास्पद भूमिकाका कारण नेपालको शान्ति प्रकि्रया अप्ठ्यारो अवस्थामा पुगेको आरोप लगाएका छन ।
रिपोर्टस्र क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेताहरुले त्यस्तो आरोप लगाएका हुन् । साक्षात्कारमा बोल्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य डा। रामशरण महतले नेपालको शान्ति प्रकि्रयामा सहयोग गर्न आएको राष्ट्र संघीय राजनीतिक मिसन अनमिनले पाएको माओवादीका लडाकु र हतियारको अनुगम कार्य प्रभावकारी नभएको दावी गर्नू भयो । उहाँले अनमिनले पाएको भूमिका प्रभावकारी हुन नसकेको उसको सन्तोषजनक नरहेको बताउनु भयो ।
अनमिनले सरकारलाई लडाकुको संख्या उपलब्ध नगराएको प्रति टिप्पणी गर्दै डा। महतले भन्नु भयो- राज्य कोषबाट सरकारले लडाकुको भरण पोषण गर्ने अनि सख्या चाँहि थाहाँ पाउँन नहुँने यस्तो पनि हुन्छ ।
सरकारी कोषबाट भरण पोषण हुने लडाकु अहिलेसम्म पनि माओवादी कै नियन्त्रण र निर्देशनमा हुनु अन्तरिम संविधानको ठाडो उल्लघन भएको दावी गर्दै डा। महतले माओवादी अध्यक्ष प्रचण्डले प्रशिक्षण दिएको घटनाप्रति आपत्ति प्रकट गर्नु भयो ।
माओवादीले अडानमा लचकता नदेखाउदा संविधान निर्माण र शान्ति प्रकि्रयामा गंभिर संकट उत्पन्न भएको आरोप लगाउदै माओवादीको ब्यवहारले उ संविधान निर्माणको पक्षमा छैन भन्ने देखाएको दावी गर्नु भयो ।
साक्षात्कारमा बोल्दै नेकपा एमाले संविधान सभा दलका मुख्य सचेतक भीमप्रसाद आचार्यले अनमिनलाई नेपाली शान्ति प्रकि्रयामा थोरै मात्र भूमिका दिएको उल्लेख गदै लडाकुको रेखदेख र नियन्त्रणको काम दलहरुको रहेको बताउनु भयो । लडाकुको भरण पोषण गर्ने सरकारले संख्या थाहा पाउनु पर्छ भन्दै उहाले यो कुरा गॊप्य राख्नु आश्चर्य जनक रहेको बताउनु भयो । लडाकुको सख्याको बारेमा नेपाली जनताले पनि थाहा पाउनु पर्ने उहाको तर्क थियो ।
अनमिनको पछिल्लो भूमिकाले विवाद उत्पन्न गरेको बताउदै उहाँले यस्तो विवादले शान्ति प्रकि्रयालाई अप्ठ्यारो अवस्थामा पुर् याउने अनुमान ब्यक्त गर्नु भयो । यद्यपि विवादास्पद भूमिकाका बाबजुद अनमिनलाई शान्ति प्रकि्रया निश्कस्रमा नपुग्दासम्म फिर्ता पठाउन नहुने तर्क उहाँको थियो । प्रतिगमनकारीहरुले धर्मको नाममा टाउको उठाउने प्रयास गरिरहेको बेला अनमिनलाई फर्काए नेपालको शान्ति प्रकि्रयामा रहेको अन्तर्राष्ट्रिय समर्थन गुम्ने विषयमा गंभिर हुन समेत उहाँले सबैसँग आग्रह गर्नु भयो ।
दलहरुविच बढेको द्धन्द्धका कारण संविधान निर्माण अप्ठ्यारोमा परेको दावी गर्दै अन्य राजनीतिक गतिरोधका मुद्दा छाडेर दलहरु संविधान निर्माणमा लागे तोकिएकै समयमा संविधान बन्ने संभावना अझै जीवित रहेको बताउनु भयो ।
सभासद एवम सैन्यविद्ध ईन्द्रजित राईले अन्तरिम संविधान र पूर्व सहमति अनुसार हिडे बर्तमान गतिरोधको अन्त्य हुने दावी गर्दै समायोजनका विषयमा पहिला सम्पूर्ण कुरा निश्चित गरि काम थाल्नु पर्ने सुझाव दिनु भयो ।
समायोजनकोलागी समय कम भएको बेला सरकारले लडाकुको सख्या मागेर समायोजन प्रकि्रयालाई विगार्न खोजेको ठोकुवा गर्दै अनमिनको भूमिकामा शंका गर्न नहुने बताउनु भयो । समायोजनमा पूर्वाग्रह नगर्न आग्रह गर्दै भन्नु भयो- नेपाली सेनामा समायोजन गर्दा क्वालिटी विग्रन्छ भन्नेमा चिन्ता लिनेकी तीन करोड नेपालीको शान्तिको चाहना विगार्ने । यो विषयमा सोच्नु पर्छ ।


Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.