REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
पास्को नेपाल भ्रमण सकेर फिर्ता
March 12 2010

काठमाडौ २८ फागुन । संयुक्त राष्ट्रसंघीय राजनीतिक मामिला सम्बन्धि उप महासचिव विलिन पास्कोले शान्ति र संविधान लेखनमा दलहरु गंभिर देखिए पनि प्रकृयामा अपेक्षित प्रगति नभएको बताउँनु भएको छ ।
उपमहासचिव पास्कोले नेपालको शान्ति प्रकृयाको टुङ्गो लगाउन दलहरुले जनताको चाहना अनुसार काम गर्नुपर्ने समेत बताउँनु भएको हो । चार दिने नेपाल भ्रमण सकेर स्वदेश फर्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साचाकर्मीहरुसगँ कुराकानी गर्दै उपमहासचिव पास्कोले अनमिनले आफ्नो अधिकार क्षेत्र र म्यान्डेड अनुसार नै काम गरेको दोहोर् याउनुभयो । उहाँले अनमिनको रोहवरमा सरकार र तत्कालिन विद्रोही माओवादीले सहमति गरेकोले माओवादी लडाकुको संख्या उपलब्ध गराउने आफुहरुको म्यान्डेड नभएको स्पष्ट पार्नुभयो । पास्कोले आफुसँगको भेटमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले अब बस्ने जेएमसीसीको बैठकमा लडाकुको संख्या उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको जानकारी गराउनुभयो ।
उपमहासचिव पास्कोले सबै दलका नेताहरु शान्ति प्रकृया र संविधान लेखनमा सकारात्मक रहेपनि प्रकृया भने चुनौतिपुर्ण रहेको टिप्पणी गर्नुभयो । उहाँले दलहरुले आपसमा सहमति र जनताको चाहना अनुसार नै शान्ति प्रकृया सेना समायोजन र संविधान लेखनलाई टुङ्गोमा पुर् याउन सुझाव समेत दिनुभयो ।
यसअघि छ महिनामा सेना समायोजन गरेर शान्ति प्रकृयालाई टुङगोमा पुर् याउने भनिएपनि दलहरुबीच सहमति नहुँदा अनमिनको म्याद पटक पटक थपिएको छ । यसअघि उपमहासचिव पास्कोले प्रधानमन्त्री माधवकुमार नेपाल नेपाली काग्रेसका सभापति गिरिजाप्रसाद कोइराला एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष झलनाथ खनाल परराष्ट्रमन्त्री रक्षामन्त्री लगायतसँग भेट गर्नुभएको थियो । त्यसैगरी पास्कोले माओवादीको तेश्रो डिभिजन शक्तिखोरको समेत भ्रमण गर्नुभएको थियो ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.