REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
हतियार प्रदर्शनले सरकारमा लैजान अवरोध- मन
March 03 2007

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रदीप ज्ञवालीले सात दल माओवादीलाई अन्तरिम सरकारमा सामेल गर्न बाधक नभएको बताउनुभएको छ । 'सत्तारुढ सात दल माओवादीलाई अन्तरिम सरकारमा सामेल गर्न बाधक छैनन्,' २० फागुनमा रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कक्षमा मन्त्री ज्ञवालीले भन्नुभयो, 'तर, जनजाति-मधेसीसित भिडन्त, संसदमा हतियार प्रदर्शन र गैरसंसदीय भाषा प्रयोग एवं खुलेआम हतियार प्रदर्शनले माओवादीप्रति जनता आश्वस्त हुन सकेका छैनन् ।' कार्यक्रममा ज्ञवालीले संविधानसभा निर्वाचनका लागि तीन महिनामात्र समय रहेकाले माओवादीलाइर्ृ एक साताभित्रै सरकारमा सामेल गनुपर्नेमा प्रधानमन्त्री तयार रहेको जनाउ दिनुभयो । 'माओवादीले राज्यबाट लुटेका हतियारको हाराहारीमा दर्ता गराएका छन्,' उहाँले भन्नुभयो, 'दर्ता भएबाहेक हतियार अवैध हुन् ।' मन्त्रीले हतियार व्यवस्थापन एवं अन्तरिम सरकारको डेट लाइन अव्यवहारिक भएको स्वीकार्दै जनताले हतियारको छायाबाट मुक्त राजनीतिक वातावरणमा संविधानसभाको निर्वाचन चाहेको स्पष्ट पार्नुभयो ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा माओवादी नेता सीपी गजुरेल -गौरब) ले सात दललाई माओवादीविना संविधानसभाको निर्वाचन गरेर देखाउन चेतावनी दिनुभयो । 'मारियार्टीहरुका कारण माओवादीलाई तत्काल अन्तरिम सरकारमा सामेल गर्न सकिँदैन भने,' गजुरेलको भनाइ थियो, 'अन्तरिम संसदबाटै लोकतान्त्रिक गणतन्त्र घोषणा गर्न सक्नुपर्छ ।' उहाँले अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीभन्दा पनि जर्ज बुसको नेपाल नीति पूर्वाग्रही र गलत भएको धारणा दोहोर्‍याउनुभयो । आप\mनो दललाई हतियारको शोख नभएको र लुकाउने उद्देश्य पनि नभएको गजुरेलले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस -प्रजातान्त्रिक) का प्रवक्ता डा. मीनेन्द्र रिजालले सात दलले भयरहित ढंगले संविधानसभाको निर्वाचनमा विवेकको मत दिन चाहेको बताउनुभयो । प्रवक्ता रिजालले संघीय लोकतान्त्रिक गणराज्यका पक्षमा वातावरण बनेको र आन्दोलनमा एक साथ लडेका विभिन्न तह र तप्काका जनताका भावना अहिले मुखरित भएको स्पष्ट पार्नुभयो । साथै उहाँले सानातिना घटनाबाट अत्तालिनुनपर्ने धारणा राख्नुभयो । 'दक्षिण अपि|mकामा डेक्लार्क र नेल्सन मन्डेलाबीच निर्वाचनको सहमतिमा पुग्न पाँच वर्ष लागेको थियो,' उहाँले थप्नुभयो ।

नेपाली कांग्रेस प्रजातान्त्रिककै नेता मनमोहन भट्टराईले माओवादीसित हतियार रहेसम्म शान्ति र अग्रगमनको मार्गप्रशस्त नहुने विचार राख्नुभयो । भट्टराईले मृत्युको भय रहेसम्म संविधानसभा निर्वाचनको वातावरण नबन्ने समेत स्पष्ट पार्नुभयो । साथै, जनताले संघीय र समावेशी लोकतन्त्र चाहेको पनि बताउनुभयो । त्यस्तै, नेपाल सद्भावना पार्टी आनन्दीदेवीका नेता अनिलकुमार झाले मधेसी जनताले अधिकारसम्पन्न हुन खोजेको बताउनुभयो । 'नेपालबाट मधेस टुक्रिँदैन,' झाले भन्नुभयो, 'कसैले टुक्राउने सपना देखेकेा छ भने त्यो आपै+m टुक्रिन्छ ।'

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले जनआन्दोलनको म्यान्डेटविपरीत माओवादीलाई सरकारमा नलगी अन्तरिम संसदमा थुनेर राखिएको आरोप लगाउनुभयो । डा. दीक्षितले गृहमन्त्री कृष्णप्रसाद सिटौल्ााले राजिनामा नदिए प्रध्ाानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजिनामा माग्ने अवस्था आउन सक्ने चेतावनी समेत दिनुभयो ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.