REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रेम र जीवन
सुरेन्द्रवीर, विनु अनि पोखराको हनिमुन
August 25 2007

बैंकमा ऋण लिएर काम नगरेका उद्योगपतिको छोटो सूचीमा आउँदो रहेछ सुरेन्द्रवीर मालाकारको नाम । कारोबारमा पैसा चाहिन्छ तर ऋण नलिइकनै काम चलाउनुहुन्छ । त्यसैले कालो वा सेतो सूचीमा उहाँको नाम देख्नु वा सुन्नु परेको छैन । नेपाल चेम्बर अफ कमर्सका अध्यक्षसित सोधौं न, सबैभन्दा बढी पैसा माग्ने दल वा नेताहरु को को होलान् - 'दल, सामाजिक संघसंस्था, दीनदुखी, असहाय सबै सहयोगका लागि आउँछन्,' उहाँ भन्नुहुन्छ, 'अहिले त नेताहरुलाई पैसा आवश्यक नै छैन । उनीहरु हामीभन्दा धनी छन् । ब्युरोक्रेसी र सेनाका अधिकारीहरु पनि हामीभन्दा धनी छन् । उद्योग व्यवसायीचाहिँ ऋणमा डुबिरहेका छन् ।'

पार्टर्ीीले उद्योगपति एवं व्यापारीहरुसित कति पैसा माग्छन् त - उद्योगपति सुरेन्द्रवीरका अनुसार जनआन्दोलन, १ का बेला पार्टर्ीीलाई संस्थागत एवं व्यक्तिगत रुपमा सहयोग प्राप्त भयो व्यापारीहरुबाट । माओवादीलाई व्यक्तिगत रुपमा कसैले दियो होला । तर, संस्थागत रुपमा सहयोग मगिएको छैन । फेरि व्यक्तिगत कुराको लेखाजोखा राखिँदैन पनि ।

सुरेन्द्रवीरलाई नेपाली राजनीतिका दर्ुइ शिखर व्यक्तित्व मनपर्दो रहेछन् । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्ड । दुवैको नेतृत्वशैलीबाट उहाँ औधी प्रभावित हुनुहुन्छ । 'गिरिजाबाबुमा समस्यालाई छिटो बुभ\mने र समस्या सुनिसकेपछि कार्यान्वयन तहमा लैजान चाहने सुझबुझ छ,' उहाँ भन्नहुुन्छ, 'पहिले प्रचण्डसित व्यक्तिगत सर्म्पर्क थिएन । अनिश्चितकालीन संर्घष्ाका बेला हात मिलाएर केही कुरा राख्ने मौका मिल्यो । हाम्रा मुद्दामा स्पष्ट हुनुहुन्थ्यो । उहाँले माओवादी मन्त्रीहरु र मजदुर नेतालाई सामुन्ने राखेर अन्तर्त्रिmया गराउनुभयो ।' प्रचण्ड राष्ट्रपति हुने वा नहुने चाहिँ संविधानसभा निर्वाचन पछि नै थाहा हुने उहाँको धारणा छ ।

सिद्धिवीर र हिरादेवीका पुत्रका रुपमा सुरेन्द्रवीर मालाकारको जन्म सन् १९५४ मा काठमाडौं, क्षेत्रपाटीमा भएको थियो । उहाँका तीन दाजुभाइ र बहिनी दर्ुइजना हुनुहुन्छ । बाल्यकाल मावली ठमेलतिर बित्यो । परिवार ठूलो थियो । काका नै आठ जना हुनुहुन्थ्यो । बाजे डा. महावीर मालाकार औषधी व्यवसायमा संलग्न हुनुहुन्थ्यो । पसलको नाम थियो केमिस्ट एन्ड ड्रगिस्ट । काकाहरु पुख्र्यौर्लीको व्यवसायबाट अलिक टाढा विभिन्न क्षेत्रमा छरिनुभयो । तर, सुरेन्द्रवीरका बुबा सिद्धिवीर कमलाक्षीमा नै औषधी व्यवसाय गर्नुहुन्थ्यो ।

सुरेन्द्रवीरको अक्षरारम्भ जेपी स्कुलमा भयो । पछि काकाहरुसँगै केही समय भारतमा अध्ययन गर्नुभयो । प्राइभेटबाटै स्नातक गरेका सुरेन्द्रको झुकाव समाज सेवामा थियो । लाइन्स इन्टरनेसनल, ३२२ संस्थापक सचिव हुँदै गभर्नरसम्म हुन सफल उहाँलाई के लाग्यो भने, सामाजिक सेवाका लागि पर्याप्त पुँजी पनि चाहिँदो रहेछ । केही प्राप्त गरेपछि केही दिने भन्ने रह्यो । पछि व्यवसायका क्रममा धेरै ठाउँ पुग्नुभयो सुरेन्द्रवीर । पछि बुबा निर्माण व्यवसायमा संलग्न हुनुभयो । उहाँले पनि त्यसमै हात बढाउनुभयो । 'पारिवारिक व्यवसायमा मात्र सीमित हुने विचार त्यागेर आयात व्यवसायतिर लागेँ,' उहाँ भन्नुहुन्छ, 'तर, अहिले पनि मसित औषधी र निर्माण व्यवसायको ज्ञान छ ।'

त्यतिबेला नेपाली अर्थतन्त्र भरखरै बामे र्सन लागेको थियो । उहाँ बजारको आवश्यकताअनुसार फर्निचर, विद्युतीय सामग्री, तयारी पोसाक आयात गर्नुभयो उहाँले । त्यसपछि साथीहरुसित मिलेर नेपाली हातेकागज उद्योगतिर लाग्नुभयो । त्यसका निम्ति महाभारत जंगल लिनुभएको थियो । कामदारबाट समयमै कच्च्ाा पदार्थ लिन हम्मे पर्‍यो । घाटा बढ्न थालेपछि उहाँले विकल्प रोज्नुभयो, ऊलन गार्मेन्टस । ठमेलमा सोरुम राख्नुभयो । मुलुकमा द्वन्द्वको परिस्थिति रहेकाले सोचेअनुसार प्रतिफल आएन । तर, त्यो व्यवसाय पनि कामदारका कारण जोखिमपर्ूण्ा रह्यो । ठूलो अर्डर लिएपछि कामदारहरु विभिन्न माग राख्न थालेपछि उहाँ जेनतेन धानिरहनुभएको छ । तर, त्यतिब सक्रिय हुनुहुन्न ।

पछिल्लो समय अटो मोबाइल क्षेत्रमा काम गरिरहनुभएको छ सुरेन्द्रवीर । अल्फा अटो पार्टस ट्रर्ेर्डस, नेपाल अटोमोबाइल्स, इन्टरनेसनल भेइकल केडर प्रालि उहाँका कम्पनीका नाम हुन् । उहाँले होलसेलमा पार्र्टर्स बेच्न थाल्दा राजधानीमा ६, ७ वटामात्र पसल थिए । पछि परिमाण बढ्दै गएपछि सामानको खपत काम हुँदे गयो । थान्को लगाउन नै समस्या भयो । ठमेल, पुतलीसडक र त्रिपुरेश्वरमा सोरुम खोल्नुभएको छ । 'यसमा ठूलो पुँजी चाहिदो रहेछ,' उहाँ भन्नुहुन्छ, 'विभिन्न मोडलका गाडी आउने क्रम बढेकाले बजार प्रतिस्पर्धात्मक छ, छाड्छु भनेर पनि सुख पाउने अवस्था छैन ।'

सरकारको अस्पष्ट श्रम नीति भएका उद्योगको संरक्षण र पुनर्स्थापना हुन नसकेको उहाँको भनाइ छ । मूल समस्या त मजदुरकै हो । उनीहरुकै कारण भएका उद्योग पनि बन्द हुने अवस्था पुगेका छन् । ठूलो लगानी विदेसिने सम्भावना बढेको छ । उहाँका अनुसार लोकतन्त्र आएपछि पनि लगानीको उचित वातावरण र रोजगारी पर््रवर्द्धन हुन सकेको छैन । एक दसक लामो माओवादी समस्याबाट पार भए पनि जटिलता बढेका छन् । खुला अर्थतन्त्रमा नयाँ सोच अनुसार अगाडि नबढे औद्योगिक विकास सम्भव छैन ।

विशुद्ध समाजसेवा गर्दागर्दै सुरेन्द्रवीर मालाकार नेपाल चेम्बर अफ कमर्समा आबद्ध हुनुभयो । चेम्बरमा उहाँले डेढ दसक बिताउनुभएको छ । साथीहरुको सल्लाहमा उहाँ चेम्बरको कार्यसमितिमा पहिलोपटक निर्वाचन लड्नुभयो । तर, निर्वाचनका बेला अस्वस्थ भएकाले पराजित हुन पुग्नुभयो । अर्कोपटक फेरि अत्यधिक मतले बिजयी पनि हुनुभयो । चेम्बरमा दर्ुइ कार्यकाल हुनुभयो उहाँ । महासचिव हुँदा नै भ्याटविरुद्ध आन्दोलन भयो । र, सफल पनि भयो । त्यसकै परिणाम दर्ुइ वर्षछि धकेलियो भ्याट । त्यसपछि उहाँ उपाध्यक्ष हुनुभयो । अध्यक्ष राजेशकाजी श्रेष्ठ र सुरेन्द्रवीर मिलेर चेम्बरलाई अन्तर्रर्ााट्रय रुपमा चिनाउन सफल हुनुभभयो । चेम्बर आन्दोलनमा निरन्तर सक्रिय भएकाले नै उहाँ अहिले अध्यक्ष हुनुहुन्छ ।

उद्योगपति सुरेन्द्रवीरले नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्वमा जानेबारे सोच्नुभएको छैन । उहाँको विचारमा अहिले पदको प्रतिस्पर्धा गर्ने समय होइन । जताततै चुनौती र अप्ठ्यारा छन् । राजनीतिक अस्थिरता र संक्रमणको अन्त्यका लागि संविधानसभा निर्वाचन समयमै हुनर्ुपर्छ । त्यसका निम्ति निजी क्षेत्र आठ दलको सरकारलाई सघाउन तयार छ । तर, जनतालाई आश्वस्त गराउनुपर्यो र शान्तिको सुखद क्षण हर्ेन पाउनुपर्‍यो । आठ दल एकजुट हुनुपर्‍यो । 'गणतन्त्र जनचाहनाको कुरा हो, जनताको चाहेमा हामी अस्वीकार गर्दैनांैं,' उहाँ भन्नुहुन्छ ।

राजनीतिक रुपमा तटस्थ हुनुहुन्छ सुरेन्द्रवीर मालाकार । तर, विगतमा विभिन्न संगठनमा रहेर काम गरेको अनुभव छ । उद्योग क्षेत्रको विस्तारमा लाग्ने मणिहर्षज्योति र युवा अवस्थामा नै रोलमोडल बनेका उद्योगपति प्रदीपकुमार श्रेष्ठ प्रशसक हुनुहुुन्छ उहाँ । हिरोइनहरुसित उहाँको खास हिमचिम छैन । तर, अभिनयका दृष्टिले निरुता सिंह र मेलिना मानन्धर एवं शिव श्रेष्ठ र भुवन केसी मनपर्छन् । भुवन त उहाँका बाल्यकालका साथी पनि हुन् ।

नुवाकोट त्रिशूलीतिर उहाँको पुख्यौंली केही जग्गा छन् । काडमाडौंमा दर्ुइचारवटा घर छन् । साधारण कार छ । उहाँ आफूलाई करोडपति देखाउन चाहनुहुन्न । उहाँको नाममा खास बैंक ब्यालेन्स पनि छैन । खानामा मासु र सागपात मनपर्छ उहाँलाई । रक्सी आकलझुकल पिउनुहुुन्छ । चुरोटमा उहाँको ब्रान्ड मार्लबोरो हो । छाड्ने भन्दाभन्दै पनि छाड्न सक्नुभएको छैन । खेलकुदमा बुद्धिचाल र फुटबल मनपर्छ । भगवान्लाई मनमा राख्ने हो, जहाँ पनि पाइन्छ भन्ने उहाँको धारणा छ । जनावरमा उहाँले कुकुर पाल्नुभएको छ । सुरक्षा र आत्मसन्तुष्टिका लागि ।

सुरेन्द्रवीरलाई टिर्सट मनपर्छ तर औपचारिक भेटघाटमा ब्यस्त रहनुपर्ने भएकाले सुट लगाउनुहुन्छ । उहाँको जीवनमा श्रीमतीको धेरै सहयोग र साथ छ । व्यापार व्यवसाय सम्हाल्नेदेखि छोराछोरीलाई पढाउनेलेखाउने सम्म । उहाँकी छोरी संस्कृता अमेरिकामा पोस्ट ग्य्राजुयट गर्दै हुनुहुन्छ भने छोरा सोभन बैंगलोर पढेर अहिले एमबीए गर्दै हुनुहुन्छ । अनुहार र कपालमा उहाँले कुनै उपचार गर्नुपरेको छैन ।

काठमाडौंकै रथाने बिनु मालाकारसित प्रेमविवाह गरेको २५ वर्षनाघ्यो । मन पराएका अरु कन्या थिएनन् । विद्यालय पढ्दादेखि प्रेम थियो । विद्यालय जाने बाटोमा थियो विनुको घर । विनुले मोहनी लगाएपछि परिचय भयो । पहिलो प्रेम प्रस्ताव सुरेन्द्रले नै पठाउनुभएको थियो । समयअनुसार प्रेमपत्र पनि लेखनुपर्यो । लुकिछिपी घुम्नुपर्यो । तर अहिलेजस्तो छाडापनचाहिँ थिएन । विवाहअघि सेक्स भएन । बरु एकअर्काले बुभ\mने अवसर मिल्यो । नेवार समुदायकै भए पनि जातीय रुपमा कट्टर थियो परिवार । तर, पछि सहमतिमा बाजा बजाएर विवाह भयो । हनिमुन मनाउन पोखरातिर लाग्नुभयो । रमाइलो ठाउँको हनिमुन सुरेन्द्रले बिर्सन सक्नुभएको छैन । विवाहपछि पत्नीबाहिर सेक्स भएन । समय पनि भएन । 'सेक्समा केन्द्रित छ युवा पुस्ता । यौन शिक्षामा कञ्जुस्याइँ भयो भने यस्ता कमजोरी देखिन्छन्,' उहाँ भन्नुहुन्छ ।

शालीन, शिष्ट एवं बौद्धिक उद्योगपति सुरेन्द्रवीर पत्नी बिनुको सुझबुझ, परिवारिक नेतृत्वप्रति सन्तुष्ट हुनुहुुन्छ । सम्बन्धलाई मजबुत बनाउने सेक्स आवश्यक रहेको उहाँको भनाइ छ । तर, उमेरले सेक्समा फरक पार्ने उहाँको निष्कर्षछ । नारीको सौर्न्दर्य उहाँ आँखामा नै देख्नुहुन्छ । उहाँको विचारमा जीवन संर्घष् हो । संर्घष् नसिद्धिएकाले चाहेको सबै चिज प्राप्त गर्न बाँकी छ ।

ऋषि धमला

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.