रुपन्देही ३० जेष्ठ । नेपाल राहत शिक्षकहरुले आर्थिक वर्ष २०६६, ०६७ मा
बढेको तलव अहिले सम्म पनि नपाएको भन्दै आज वाट रुपन्देहीका सरकारी विद्यालय
बन्दको आहवान गरेका छन ।
तलव वढे पनि वढेको तलव नपाएको भन्र्दै राहत शिक्षकहरुले विद्यालय बन्दको
आहवान गरेको आन्दोलनरत शिक्षकहरुले जनाएका छन् ।
आर्थिक वर्ष सकिन लाग्दा समेत आफूहरुले बढेको तलव नपाए पछि आज देखि तीन दिन
सम्म रुपन्देही जिल्लाका सरकारी बिद्यालय बन्दको आव्हान गरेको राहत शिक्षक
संघर्ष समितिका अध्यक्ष पिण्टु पाण्डेले बताउनु भयो ।