७ ट्रक काठ बरामद
June 13 2010
काठमाडौ, ३० जेठ । काठ ल्याउदै गरेका सातवटा ट्रक प्रहरीले नियन्त्रणमा लिएर वन कार्यलय बाँकेलाई बुझाएको छ । धनगढीबाट काठ बोकेर आउँदै गरेका ६ वटा र जीगाँउबाट चिरान काठ ल्याउँदै गरेको एउटा ट्रकलाई इलाका प्रहरी कार्यालयको गस्ती टोलिले गएराति नियन्त्रणमा लिएको थियो । राजनीतिक दल काठ व्यवसायी र वन कार्यालयका प्रतिनीधिको रोहवरमा जिल्ला वन कार्यालयमा थप अनुसन्धानका लागि काठसहित ट्रक बुझाएको प्रहरी निरिक्षक रुपेश रावलले जानकारी दिनुभयो । टिसिएनको टाचाँ र सिल लगाएका ती काठहरु बैध वा अबैध के हो त्यसका लागि अनुसन्धान गर्नै अधिकार वनको भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । काठ बोकेका ना ४ ख २३८३ धनगढीबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना २ ख ९५२१ ना ४ ख २३८३ पोखरा जाँदै गरेको ना ३ ख ३६३६ से २ ख ६१८ ना ४ ख ३३०२ नारायणघाट जाँदै गरेको से १ ख १९८ र जिगाउँबाट काठमाण्डौ जाँदै गरेको एक ट्रकलाई प्रहरीले काठ सहित नियन्त्रण पछि बनलाई बुझाएको हो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस