REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

ENTERTAINMENT
प्रेम, सेक्स, विवाह , राजनीति अनि मेलिना
September 04 2007

मेलिना मानन्धर

मेलिना मानन्धर, नेपाली चलचित्र आकाशमा सुन्दर, बौद्धिक, जुझारु र मिलनसार भई चम्किएकी छिन् । उनको करिश्मायुक्त व्यक्तित्वबाट आकषिर्त हुनेको कुनै कमी छैन । सहकर्मीहरु पनि उनको इष्र्या गर्छन् । हसिली र फरासिली छिन् । 'विवाहको प्रस्तावको ओइरोले पानी पानी भयो मेरा जीवन,' मेलिना भन्छिन् । मोडलिङको संसारमा पनि धमाका मच्चाएर अन्य मोडललाई पानी पानी बनाइदिइन् ।

रिपोर्र्टर्स नेपालका लागि ऋषि धमलाले उनीसंग प्रेम, यौन, विवाह, चलचित्र र राजनीतिबारे प्रश्न सोधे । प्रश्नको प्रहारले उनी आफै पानी पानी भइन् ।

प्रेमबारे मेलिना

उनी भन्छिन् 'प्रेम आत्माहरुको मिलन हो । प्रस्तावहरु धेरै आए तर खेर गए । बाबुआमा, आफन्त, केटासाथी, समाजलाई गर्ने प्रेम भिन्न हुदोरहेछ । प्रेम शब्द सुन्दानै अनुभूतीको संसारमा हराए जस्तो लाग्छ । प्रेम अनुभव हो जसले मान्छेलाई पृथक बनाउसक्छ ।'

सेक्सबारे मेलिना

'सेक्स के हो -' अकस्मातको प्रश्नबाट उनी झसंग मात्र भइनन् आक्रोशित पनि भइन् । नारीको लजालु स्वभाव र रिसालु अनुहार एकसाथ प्रकट भयो । धर्ैय हुदै उनले भनिन्,'ऋषिजी यो प्रश्न सोध्ने हिम्मत कसरी गर्नुभयो -' सामाजिक नियमका सामु पराधिन हुन चाहिनन् उनले र भनिन्,'सेक्स मानवीय आवश्यकता हो । समाजअनुसार यसको व्याख्या हुन्छ र गरिन्छ । तर आवश्यकतालाई व्यक्त गर्न समाजले रोक्छ । त्यसैको आधारमा समाज अनुशासनको दायरमामा रहन्छ ।' तपाईले सेक्स अनुभव लिनुभएको छ भन्दा उनी झोक्किइन्,' यस्तो प्रश्न सोध्न मिल्दैन । तपाईचाहिं भन्नसक्नुहुन्छ -'

सामाजिक मर्यादाको आडम्बरलाई नाघेर उनले उत्तर त दिइनन् तर यौन अनुभव छैन भन्न सकिनन् । यौन अनुभव भएको स्वीकारोत्ती घुमाउरो पाराले गर्दै भनिन्,'मन मिल्छ भने विवाह अघि सेक्स गर्दा फरक पर्दैन । मेरो समाज सेक्सका बारेमा संवेदनशील छ । समाजको अनुशासनभित्र बस्ने नारी हुं म । त्यसैले कोसंग सम्बन्ध भयो भन्ने प्रश्नै नगर्नुहोस् ऋषिजी ।' पश्चिमा मुलुक यौनबारे खुल्ला हुदैगएपनि नेपाली समाजले पचाउन नसक्ने उनको जिकिर छ । उनी भन्छिन्,' विवाह नगरी या एकभन्दा बढीसंग यौनसम्बन्ध राख्ने कुरालाई समाजले मान्यता दिदैन ।'

विवाहबारे मेलिना

विवाह समाजले निर्दिष्ट गरेको संस्कार हो । धमलाको प्रश्नमा उनले विवाहका लागि कुनै पुरुष तय भएनभएको बताउन चाहिनन् । प्रश्नको प्रहारले पानी पानी भइन् मेलिना । 'परिवारबाट धेरै दबाब आएको छ । विवाह हुन्छ तर कोसंग भन्दिन-' मेलिना कुरा लुकाइहाल्छिन् । सपनाको राजकुमार मुटुको कुनै कुनामा सजाएकी छिन् उनले तर ओठबाट शब्द फुस्केलाकी भन्दै कुरा अन्यत्र मोड्छिन् ।

'देखेको पाइदैन लेखेको पाइन्छ रे ।' बाबुआमाले विवाहको दबाब दिदा उनी त्यसै भनी उम्किन्छिन् । उम्कने कहिलेसम्म हो कुन्नि - मेलिना थप्छिन्,'कसै न कसैको अंगालोमा नबाधिई सुखै छैन । म जसलाई चाहन्छु उसलाई मनमुटु सुम्पन्छु ।' जापान देखि अमेरिकामा उनको केटासाथी भएको चर्चा रंगिन संसारमा चलेको छ । यसबारे उनी झोक्किदै भन्छिन्,' मेरो केटासाथी यही हो भनी अनुमान गरेर हुन्छ - मनपराउने हजार भेटिन्छन् जुनी काट्ने एउटै हुन्छ ।' मेलिनाको प्रेमी भन्दै प्रचार गर्नेहरुमाथि दया मात्र राख्नसक्ने तर प्रेम प्रस्ताव स्वीकार नगर्ने उनको भनाई छ । 'विवाहको प्रस्ताव लेखी एसएमएसको ओइरो लाग्छ । घरमा बाबुआमासंग कुरा गर्नेका अलावा मसंग प्रत्यक्ष फोनमा प्रस्ताव राख्ने पनि छन् । म त केटाहरुबाट हैरान हैरान भइसकें ।'

चलचित्रबारे मेलिना

म र महेन्द्र बुढाथोकी मिलेर एक्सन फिल्म बनाउदैछौं । फिल्न नारीवादी हुनेछ । कालजयी चलचित्र खेल्ने धोको छ । नेपाली समाजको विक्रिती र विसंगतिविरुद्ध लक्षित चलचित्रमा भूमिका निभाउदा आफूलाई गर्ववान्वित महशुश गर्छर्ुु

राजनीतिबारे मेलिना

'मंसिर ६ गते संविधानसभा निर्वाचन छ भन्ने थाहा छ । चुनावमा भोट हाल्न जान्छु ।' कसलाई मतदान गर्नुहुन्छ भन्दा उनी भन्छिन्,'गोप्य मतदान गछु ।' उनलाई गिरिजाप्रसाद कोइराला असाध्यै मनपर्छ । कोइरालालाई भेट्ने धोको पालेकी छिन् । उनी भन्छिन्,'उहां कहिले विचलित हुनुभएन । अप्ठ्यारोसंग जुध्ने क्षमता राख्नुहुन्छ । तत्कालका लागि उहांको विकल्प छैन ।' प्रचण्डसंग भेट्ने अभिलाषा पनि छ उनको । उनी भन्छिन्,'कमरेड प्रचण्डलाई भेट्ने समय पनि आउला ।' आठ दल एक भएर निर्वाचन सफल बनाउनेतफ लाग्नुपर्ने जोड छ मेलिनाको । राजनीतिक चेतनामुखी चलचित्र बनाउने र खेल्ने उनको चाहना छ ।

अन्त्यमा उनी भन्छिन्,'मेरोबारे गलत समाचार सम्प्रेषण हुनेगरेको छ । वास्तविकता बुझेर लेखिदिनुहोस् है । गलत कुरा चाहिं नजाओस । मैंले केही बिगारेको त छैन तर किन पत्रकारज्यूहरु खेददै हुनुहुन्छ ।'

Comments
Posted By: malai sab taha chha
Aug 03, 2008
malina ko biha aba kati wata huncha 1 wata ta vai sako keta ko nam pani taha chha ...............kasi lai taha pauna manchha vane e mail me on purafittan@bluebottle.com
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.